बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाको मौसममा सुधार, आकाश खुलेपछिका ८ तस्बिर

शनिबार, २८ मङ्सिर २०७६, १० : ५२
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकाको मौसममा सुधार भएको छ । शुक्रबारदेखि सुरु भएको वर्षा रोकिएर शनिबार घाम लागेको छ । यद्यपि काठमाडौँमा वर्षासँगै चिसो बढेको छ । 

पश्चिमी न्यून चापीय वायुको प्रभावले वर्षा भएको हो । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी  तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 
 
 मौसमविद्का अनुसार आइतबारबाट मौसममा क्रमशः सुधार हुँदै जानेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप