‘ए’ डिभिजन लिग : उद्घाटनमा मच्छिन्द्र र ब्रिगेड भिड्दै
नेपाली फुटबलको महत्वकांक्षी प्रतियोगिता कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिग आज (शनिबार) देखि सुरु हुँदैछ । दशरथ रंगशालामा दिउँसो ३ः०० बजे हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लब भिड्दैछन् ।
यस सिजन राष्ट्रिय टोलीका स्टार खेलाडी भित्र्याएको मछिन्द्र लिगको उपाधि जित्ने दाउमा छ । एन्फा एकेडेमीका खेलाडीलाई पहिलो रोजाईका राखेको ब्रिगेड पनि पहिलो खेलमै मच्छिन्द्रलाई अत्याउने दाउमा छ । ब्रिगेडले एकेडेमीका खेलाडी सहित अनुभवी स्ट्राईकर अनिल गुरुङ र पुराना खेलाडीलाई मौका दिएको छ । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले टोलीमा राम्रा खेलाडी रहेको र छोटो समयमा पनि राम्रो तयारी गरेकोले लिग जित्ने दावी गरेका छन् ।
ब्रिगेड ब्वाईजका म्यानेजर अर्विन गुरुङले टोलीका अनुभवी र युवा खेलाडीको समिश्रण रहेकाले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । यी दुई क्लबले जस्तै लिगमा सहभागी अन्य क्लब र प्रशिक्षक सबैले उपाधि जित्ने दावी गरेका छन् । लिगमा प्रत्येक क्लबले चार जना विदेशी खेलाडी राख्न पाउनेछन् । मैदानमा भने तीनजना विदेशी खेलाउन पाउने प्रावधान छ । ‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागिता रहने छ । सहभागी क्लबले कूल ९१ खेल खेल्नेछन् । लिगको अन्तिममा रहने एक टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।
कूल ६ करोड ३० लाख लगानीमा सञ्चालन हुने लिगको विजेता टोलीले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले सात लाख र छैटौं स्थानमा रहने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगका हरेक खेलको विजेता टोलीले छुट्टै ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यदी खेल बराबरीमा सकिएका १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी लिगको उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक र प्रशिक्षकलाई जनही एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । लिगको फेयर प्ले टोलीलाई एक लाख रुपैयाँ प्रदान गरिने बताईएको छ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारी खर्च स्वरुप २० लाख रुपैयाँ पनि उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी