धनुषा बम विस्फोट अपडेटः २ को मृत्यु, प्रहरी निरिक्षकसहित ६ जना गम्भीर
धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा २ जनाको मृत्यु गएको छ भने प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
राति १२ बजे राजेश्वरको घरको शौचालयस्थित अलपत्र अवस्थामा रहेको शंकापष्द वस्तु बम हो भनि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट यकीन गर्न पुगेको बेला सो बम बिस्फोट भएको थियो ।
बिस्फोटमा प्रहरी निरीक्षक अमिर दहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गशमभीर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।
गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जनाइएको छ । अन्य २ जना समान्य घाइते भएको बताइएको छ ।
घरमुली साह विगतदेखि नै मोटो रकम ऋण लगानी गर्दै आएको कारण कसैले उनीहरुलाई हत्या गर्नकै लागि राखिएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयको आशंका छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान तिव्र बनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ वर्षपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक
-
आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति महासंघको आपत्ति
-
न्युक्यासलसँग हारेसँगै रेलिगेसनमा पर्यो ईप्सविच
-
मातातीर्थ कुण्डमा स्नान र दर्शन गर्ने भक्तजनको घुइँचो, तस्बिरहरू
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित