शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडाबाट दश किलो चरेससहित २ जना पक्राउ

शुक्रबार, २७ मङ्सिर २०७६, २२ : ३७
शुक्रबार, २७ मङ्सिर २०७६

हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुर मातहतको भैसे चौकीले लागू औषध १० किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ। चौकीबाट खटिएको टोलीले भीमफेदी गाउँपालिका–२ स्थित सडक खण्डमा चेकजाचको क्रममा भिमफेदीबाट हेटौंडातर्फ आइरहेको बा ४० प ७२४० नम्बरको पल्सर मोटरसाइकलमा लुकाई छिपाई १० पोका बनाइ ल्याइरहेको १० किलो २५० ग्राम चरेस  बरामद गरको   हो।

प्रहरीले  मोटरसाइकल सहित बारा जिल्ला पचरौटा नगरपालिका –७  बस्ने मोटरसाइकल चालक अरविन्दकुमार पटेल र पछाडी बस्ने आदर्श कोतवाल गाउपालिका–१  बस्ने सुल्तान मिया अन्सारीलाई नियन्त्रणमा लिएको छ। निजहरुलाई लागुऔषध  नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान र कारवाही भै रहेको जिल्ला प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए। कसुर प्रमाणित २ देखि  १० बर्ष सम्म जेल र १ लाख सम्म जरिवाना र सवारी साधन जफत हुनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप