काठमाडौंका पहिलो मेयरको निधन
शुक्रबार, २७ मङ्सिर २०७६, १९ : २७
काठमाडौं । काठमाडौंका पहिलो मेयर जनकमान श्रेष्ठको निधन भएको छ । ९२ वर्षको उमेरमा शुक्रबार विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा श्रेष्ठको निधन भएको हो ।
उनी विगत वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।
उनी २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनबाट २५ वर्षको उमेरमै मेयरमा निर्वाचित भएका थिए ।