बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी जवानका लागि ‘परिवारका आवास’ गृह निर्माण हुने

शुक्रबार, २७ मङ्सिर २०७६, १८ : ०७
शुक्रबार, २७ मङ्सिर २०७६

भक्तपुर । प्रहरी जवानका लागि भक्तपुरमा प्रहरी आवस गृह निर्माण हुने भएको छ । महानगरीय प्रहरी वृत्त ठिमीको पहलमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ६, कुण्डोलमा नेपाल प्रहरीलागि परिवार आवास भवन निर्माण हुने महानगरीय बृत्त ठिमीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) शान्तिराज कोइरालाले बताए ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयबासीकै सक्रियतामा प्रहरी परिवार आवास भवन निर्माण सुरु भएको हो । प्रहरी सेवामा रहेको जवानहरुलाई भाडाका कोठामा परिवार राखेर सेवा गर्न असहज हुने भएकाले प्रहरी जवानहरुलाई नै लक्षित गरी प्रहरी परिवार आवास गृह निर्माण थालिएको डिएसपी कोइरालाले बताए ।

महानगरीय प्रहरी बृत्त ठिमी नजिकै कुण्डोलमा करिब एक रोपनी जग्गामा निर्माण हुने भवनका लागि नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गदै जग्गाको समेत व्यवस्थापन गरेको छ । 

६ महिनाभित्रै भवन निर्माण कार्य पुरा गर्ने गरि काम सुरु भएको उपभोक्ता समितिका अध्यक्ष तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक दिनेश श्रेष्ठले बताए ।

मध्यपुरथिठीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले प्रहरी र समुदायको सम्बन्ध अझै प्रगाढ बनाउन र मध्यपुर क्षेत्रको सुरक्षालाई अझै मजबुत बनाउन भवन निर्माण गर्ने निर्णय गरिएको बताए ।

साना दर्जाका प्रहरी कर्मचारीलाई यो अभास गृह निर्माण भएपछि आर्थिक रुपमा राहत हुने देखिन्छ । भाडाका कोठामा परिवार राखेर प्रहरी सेवा गर्दै आएकाहरुलाई सेवामा रहन थप सहज हुने अपेक्षा प्रहरीको छ । 

देशैभरि कतै पनि प्रहरी जवानकै लागि भनेर परिवार आवास गृह निर्माण भएको देखिँदैन् । ठिमी वृत्तको प्रमुख भएर आएपछि नै डिएसपीले यो कार्य गर्ने योजना बनाएका थिए । आर्थिक स्रोत जुटेमा पहिलो चरणमा नै दश जनाको परिवारलाई बस्ने आवास गृह निर्माण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप