शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२१ औँ पोखरा सडक महोत्सवको निम्तो दिन गण्डकी प्रदेशको टोली जनकपुरमा

शुक्रबार, २७ मङ्सिर २०७६, १५ : ४३
शुक्रबार, २७ मङ्सिर २०७६

जनकपुर ।  २१ औँ पोखरा सडक महोत्सवको निम्तो दिन जनकपुरमा भिजिट नेपाल २०२० गण्डकी प्रदेशको टोली आइपुगेको छ । भिजिट नेपाल २०२० लाई लक्षित गर्दै गण्डकी प्रदेशले पोखरामा हुन लागेको २१ औँ पोखरा सडक महोत्सवको प्रचारप्रसार अभियान चलाइरहेको छ ।

सो महोत्सवबारे जानकारी दिन टोली जनकपुरधाम आइपुगेको हो । जनकपुरधाममा आयोजित एक कार्यक्रममा सो टोलीले जनकपुर–पोखरा–काठमाडौंलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ ।

महोत्सवका संयोजक लक्ष्मण बरालले जानकी मन्दिर, मुक्तिनाथ मन्दिर र पशुपतिनाथ मन्दिरलाई जोड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । आगामी पुस १२ देखि १६ गते पोखरामा २१ औँ पोखरा सडक महोत्सव हुदैँछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप