शितलहरबाट जोगिन मधेशी आयोगको आग्रह
शुक्रबार, २७ मङ्सिर २०७६, १४ : ४५

काठमाडौं । मधेशी आयोगले शितलहर र हिमपातको प्रभावबाट बच्नका लागि न्यानो लुगा लगाउन र सो समयमा घर बाहिर ननिस्कन तथा आगो तापी बस्न सर्वसाधारणलाई आग्रह गरेको छ । आयोगले मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान अनुसार विहिवारदेखि शितलहर र हिमपात शुरु भएको हुनाले त्यस्तो आग्रह गरेको हो ।
आयोगले विज्ञप्ति जारी गर्दै समयमै प्रभावकारी कदम उठाई शितलहरर हिमपात प्रभावित नागरिकहरुको जिउन्यानको सुरक्षा सुनिश्चिततामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुको पहललाई थप प्रभावकारी र नेतृत्वदायी बनाई प्रभावकारिता हासिल हुने अपेक्षा गरिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री र सभापति बन्ने इच्छा छ’
-
बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमद्वारा एकदिवसीयबाट संन्यासको घोषणा
-
पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरूको मनोबल घटायो : अध्यक्ष ढकाल
-
च्याम्पियन्स ट्रफीमा सबैभन्दा धेरै शतक बनाउने चार ब्याटर
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?