शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धबाबा थप तीन दिन हिरासतमा रहने

शुक्रबार, २७ मङ्सिर २०७६, १४ : ४१
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौँ । जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई शुक्रबार जिल्ला अदालत सुनसरीले प्रहरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ । 

प्रहरीले १० दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरीले बताएको छ । यसअघि गिरीलाई चार दिन र सात दिनको अनुमति दिइएको थियो । 

अब प्रहरीले तीन दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउनेछ । अदालतले दिएको अनुमति अवधिभर गिरी उपचारको क्रममा अस्पतालमै बसेका छन् । 

गत कात्तिक ४ गते आफ्नै अनुयायीलाई बलात्कार गरेको भन्दै सुनसरी प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरीले गिरीलाई मंसिर १६ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप