प्रभु बैंक लि को बरहथवा शाखा कार्यालय सञ्चालनमा

काठमाडौं – प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७६/०८/२७ देखि सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. ०७ स्थित बरहथवामा आफ्नो २०० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको बरहथवा शाखा कार्यालयको समुद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेको हो ।
बैंकको बरहथवामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी देवानन्द महतोले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।
बैंकको बरहथवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । बैंकको बरहथवा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बरहथवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
-
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सामूहिक सहकार्य आवश्यकः परराष्ट्रमन्त्री राणा
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते
-
अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेलाई बूढानीलकण्ठमा र्याखर्याख्ती
-
आईजीपी थापा कस्ता चुनौतीको चाङमा छन् ?