मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरले सडक मानवमुक्त अभियानको घोषणा गर्दै

शुक्रबार, २७ मङ्सिर २०७६, १२ : ५७
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियानको घोषणा गर्ने भएको छ । महानगर स्थापनाको २५ वर्ष पुगेको अवशरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो ।

मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समुन्वयमा अभियानको घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरुलाई उद्धार गरि सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गरिने उनले बताए । 

त्यसैगरि महानगरपालिकाको वडा नम्बर ६ मा स्थापना गरिएको दमकल भवनको उद्घाटन समेत गरिने उनले बताए । महानगरको वडा नम्बर ६ बौद्ध रामाहिटीमा निर्माण भएको भवनको शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीनवटासम्म दमकल राख्ने मिल्ने भवनसँगै तालिम केन्द्रको पनि व्यवस्था रहेको उनले बताए ।

रामाहिटीमा दमकल भवन भएपछि पूर्वक्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि कम समयमै जनशक्ति त्यहाँ पुग्ने उनले बताए । २०५२ साल मंसिर २९ गते तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेको अवशरमा हरेक वर्ष महानगर दिवस मनाउने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप