शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा वनभोजका लागि आएको मदन भण्डारी कलेजको बस दुर्घटना, २२ जना घाइते

शुक्रबार, २७ मङ्सिर २०७६, १२ : ०६
शुक्रबार, २७ मङ्सिर २०७६

भक्तपुर । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा बनभोज आएको बस दुर्घटना भएको छ । 

शुक्रबार बिहान कलेजबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले रातोपाटीलाई जानकारी दिए । प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि आएका थिए । 

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना सख्त छन् भने अन्य २० जनाको अवस्था सामान्य छ ।

दुर्घटनामा घाइते २० जना डाक्टर  इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप