केन्द्रीय संस्करण
विज्ञान जानकारी

जनावरहरुको अनौठो क्षमता

person explore access_timeमंसिर २७, २०७६ chat_bubble_outline0

कुनै पनि कुरा थाहा पाउने प्राणीहरुको क्षमता विचित्र प्रकारका हुन्छन् । प्राणीको यो थाहा पाउने क्षमताअन्तर्गत प्रकाश थाहा पाउने क्षमता, स्पर्श, आवाज, परावैजनी किरण, तापक्रम, गुरुत्वाकर्षण, इन्फ्रारेड विकिरण, गन्ध, चुम्बकीय क्षेत्र, स्वाद, विद्युतीय क्षेत्र आदि पर्दछन् ।

अझ केही प्राणीहरुले त आफू वरिपरिका वातावरणमा बाँच्नका लागि विशिष्ट क्षमता पनि विकास गरेको हुन्छ । हाम्रा वरिपरिका वातावरणमा विभिन्न प्रकारका शक्तिहरु विद्यमान् रहेका हुन्छन् । ती सबै शक्तिहरुलाई मानिसले ठम्याउन सक्दैन । तर केही जनावरहरुले भने ती शक्तिहरुलाई सजिलै ठम्याउन सक्छन् । यहाँ तल जनावरहरुका त्यस्ता केही विचित्रका क्षमताहरुबारे उल्लेख गरिएको छ; जुन क्षमता सामान्यतः मानिसमा हुँदै हुँदैन ।

कमिला

 

https://static.wixstatic.com

– कमिलाले पृथ्वीको ५ सेन्टिमिटरभित्रबाटै सानोभन्दा सानो गतिविधि पनि थाहा पाउन सक्छ ।

– यसले पोलोराइज्ड (Polarized)  किरणलाई ठम्याउन सक्छ ।

माहुरी

https://tradevistas.org

– माहुरीले ३०० nm देखि ६५० nm वेभलेन्थ बीचको प्रकाशलाई देख्न सक्छ ।

– माहुरीको बंगारा, अघिल्लो (forelimbs)  र एन्टेनामा स्वाद थाहा पाउने ग्रन्थिहरु (Chemoreceptors)  हुन्छन् ।

– कामदारी मह माहुरीको प्रत्येक आँखामा ५५०० वटा लेन्सहरु हुन्छन् ।

– कामदार माहुरीको पेटमा आइरन अक्साइडका चक्काहरु हुन्छन् । त्यसको मद्दतले त्यसले चुम्बकीय क्षेत्रहरु पत्ता लगाउने गर्छ । पृथ्वीको चुम्बकीय क्षेत्रमा हुने परिवर्तन थाहा पाएर दिशा पत्ता लगाउने गर्छ ।

– कमिलाले जस्तै माहुरीले पनि पोलोराइज्ड प्रकाश देख्न सक्छ ।

छेपारो

https://animals.sandiegozoo.org

– केमोलियन अर्थात् छेपारोले आफ्नो दुबै आँखालाई अलग अलग स्वतन्त्रतापूर्वक यताउति चलाउन सक्छ । यही क्षमताको कारण यसले एकै समयमा दुई भिन्न दिशामा हेर्न सक्छ ।

गंगटा

https://nmssanctuaries.blob.core.windows.net

– गंगटाको चेप्ने अंग र शरीरमा विभिन्न भागमा रौंहरु हुन्छन् । तिनै रौंको मद्दतले यसले पानीको बहाव र त्यहाँ हुने सानोभन्दा सानो कम्पनलाई समेत महसुस गर्न सक्छ ।

 फट्यांग्रा

https://cdn.britannica.com

– सानो खालको फट्यांग्रा (Cricket) ले सुन्नको लागि खुट्टाको प्रयोग गर्ने गर्छ । वास्तवमा, आवाजले त्यसको अघिल्लो खुट्टामा हुने पातलो झिल्लीमा कम्पन पैदा हुन्छ र फट्यांग्राले सुन्ने गर्छ ।

– ठूलो खालको फट्यांग्रा (Grasshopper) को शरीर मसिना रौंहरु (sensilla)  ले ढाकिएको हुन्छ । तिनै रौंको मद्दतले यस कीराले हावामा हुने स–साना गतिविधिहरु पनि थाहा पाउने गर्छ ।

– यस फट्यांग्राले ५०,००० हर्जसम्मको आवाज सुन्न सक्छ ।

डल्फिन

https://ichef.bbci.co.uk

– चमेराले जस्तै डल्फिनले पनि शिकार पत्ता लगाउनको लागि इकोलोकेसन विधिको उपयोग गर्ने गर्छ । इकोलोकेसन विधि भनेको आफूले छोडेको आवाज सिकारसम्म पुगी त्यसमा ठोक्किएर फर्केको आधारमा सिकार कहाँ छ भनी पत्ता लगाउने तरिका हो ।

– डल्फिनले हाम्रो कानले सुन्न नसक्ने आवाज सुन्न सक्छ । यसले १ लाख हर्जसम्मको आवाजको तरंगलाई चिन्न र सुन्न सक्छ ।

हात्ती

https://media.voltron.voanews.com

– हात्तीले १ देखि २० हजार हर्जसम्मको आवाज सुन्न सक्छ । यस्तो अति कम फ्रिक्वेन्सीको आवाजलाई इन्फ्रासाउण्ड रेन्ज भनिन्छ । मानिसको कानले यस्तो आवाज सुन्न सक्दैन ।

माछा

https://www.fws.gov

– स्तनधारी प्राणीको छालामा एल–सेरिन (L-serine) नामक रसायन हुन्छ । त्यो रसायनलाई एक विलियनको एक भाग पार्ने हो भने पनि केही माछाले त्यसको गन्ध थाहा पाउन सक्छ ।

– माछाको टाउको र सुँड रहेको भागमा गतिविधि थाहा पाउने अंग Neuromasts हुन्छ । यस अंगको मद्दतले माछाले पानीको दवाबमा भएको परिवर्तन, आफू वरिपरिको सिकार थाहा पाउन सक्छ भने यताउति चल्नका लागि समेत त्यस अंगले माछालाई सहयोग पुर्‍याइरहेको हुन्छ ।

– गहिरो समुद्रमा बस्ने माछाको आँखाको रेटिनामा प्रति वर्ग मिलिमिटर २५ मिलियन रड (प्रकाश ठम्याउन मद्दत गर्ने ग्रन्थि)हरु हुन्छन् । समुद्रको त्यस्तो भागमा कम प्रकाश हुने भएकोले देख्नको लागि यस्तो माछामा त्यतिबिघ्न रडहरु विकास भएको हुनुपर्छ भनी वैज्ञानिकहरु मान्छन् ।

– यस संसारमा केही माछाहरु यस्ता पनि हुन्छन्, जसले पानीभित्र र हावामा एकैसाथ हेर्न र देख्न सक्छन् । यस्तो विशिष्ट क्षमता भएको माछालाई चार आँखा भएको माछा पनि भन्ने गरिन्छ । वास्तवमा यसको आँखा हुन त दुईवटै हुन्छ, तर हावा र पानीमा खुल्ने गरी त्यसको आँखालाई ँबिउक ले विभाजन गरेको हुन्छ ।

भ्यागुता

https://qz.com

भ्यागुताको कानको जाली (tympanic membrane) शरीरको बाहिरी भागमा आँखाको पछाडि रहेको हुन्छ ।

ताराजस्तो नाक भएको मोल

https://www.sciencefriday.com

– Star-nosed Mole नाम गरेको एउटा विचित्रको प्राणी हुन्छ । यस प्राणीले सिकार खोज्नको लागि आफ्नो  नाकको प्रयोग गर्ने गर्छ । यसको ताराजस्तो अंगदेखि मस्तिष्कसम्म १ लाख स्नायुतन्त्रिकाहरु हुन्छन् । यो भनेको मानिसको हातमा हुने स्पर्श थाहा पाउने तन्त्रिकाहरुको संख्याभन्दा ६ गुना बेसी हो ।

पेन्गुइन

https://scx1.b-cdn.net

– पेन्गुइनको आँखाको कोर्निया चौडा हुन्छ । त्यसले गर्दा पेन्गुइनले पानीभित्र पनि सजिलै र सफासँग देख्न सक्छ । यसले इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रमको पराबैजनी किरणलाई समेत देख्न सक्छ ।

परेवा

https://upload.wikimedia.org

– परेवाले ३४० डिग्रीमा हेर्न र देख्न सक्छ । यो भनेको करिब करिब चारै दिशामा हेर्न सक्ने क्षमता हो । चारै दिशामा देख्नका लागि ३६० डिग्रीमा देख्न सक्नुपर्छ । त्यसैले परेवाले आफ्नो टाउकोको ठीक पछाडि चाहिँ देख्न सक्दैन ।

– परेवाले ०.१ हर्जजस्तो अति कम आवाज पनि सुन्न सक्छ ।

खरायो

https://images.unsplash.com

खरायोको जिब्रोमा १७००० वटा टेस्टवड (स्वाद थाहा पाउने ग्रन्थिहरु) हुन्छन् ।

विच्छी

https://images-na.ssl-images-amazon.com

– बिच्छीको डस्ने भाग वरिपरि रौंहरु हुन्छन् । ती रौंको मद्दतले विच्छीले अति कम गति (प्रतिघण्टा ०.०७२ किलोमिटर) मा चलिरहेको हावालाई पनि महसुस गर्न सक्छ ।

– विच्छीका आँखाहरु १२ वटासम्म हुन्छन् ।

माकुरा

https://image.sciencenordic.com

– धेरै माकुराका आठवटा आँखाहरु हुन्छन् ।

चमेरा

https://upload.wikimedia.org

– चमेराले आफ्नो नाक (Nose-leaf) ले सुँघेर १६ सेन्टिमिटर परसम्मको सिकार पत्ता लगाउन सक्छ ।

– यसले इकोलोकेसन प्रविधिको प्रयोग गरेर आफूभन्दा १८ फिट परसम्मको कीराफट्यांग्रा लगायतका सिकारहरुलाई पत्ता लगाउने गर्छ ।

– चमेराले ३ हजारदेखि १ लाख २० हजार हर्ज फ्रिक्वेन्सीसम्मको आवाज सुन्न सक्छ ।

पुतली

https://i.ytimg.com

– पुतलीको खुट्टामा स्वाद थाहा पाउने ग्रन्थिहरु (Chemoreceptors) हुन्छन् ।

– पुतलीका पखेटामा मसिना रौंहरु हुन्छन् । ती रौंहरुको मद्दतले यसले हावाको चापमा हुने सानोभन्दा सानो परिवर्तनहरुलाई पनि थाहा पाउन सक्छ ।

कुकुर

https://www.sciencemag.org

– कुकुरको सुँघ्ने मात्रै हैन, सुन्ने क्षमता पनि निक्कै राम्रो हुन्छ । कुकुरले ४० हजार हर्जसम्मको आवाज सुन्न सक्छ ।

बिरालो

https://icatcare.org

– बिरालोले १०० देखि ६० हजार हर्जसम्मको आवाजलाई सुन्न सक्छ ।

– बिरालोको गन्ध थाहा पाउने ग्रन्थि (Olfactory membrane)  १४ वर्ग सेमी हुन्छ । तुलना गर्दाखेरि मानिसको यो ग्रन्थि ४ वर्गसेमी मात्रै हुन्छ । अझ कुकुरमा त यो ग्रन्थि १५० वर्गसेमी हुन्छ । त्यसैले बिरालो र मानिसको तुलनामा कुकुरको गन्ध थाहा पाउने क्षमता निक्कै बेसी हुन्छ ।

पानीमरुवा

https://assets.newatlas.com

– पानीमलुवा (Dragonfly) को आँखामा ३० हजार लेन्सहरु हुन्छन् ।

स्रोतः Neuroscience for Kids

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...