शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करिनाले सासु शर्मिलालाई सोधिन् छोरी र बुहारीमा भिन्नताः दिग्गज अभिनेत्रीले दिइन् मन छुने जवाफ

शुक्रबार, २७ मङ्सिर २०७६, १० : ३९
शुक्रबार, २७ मङ्सिर २०७६

करिना कपुर कार्यक्रम ‘ह्वाट वुमन वान्ट’ को दोस्रो संस्करणमार्फत् रेडियोमा फिर्ता भएकी छिन् । यो सिजनको पहिलो अतिथी उनकी सासू एवं दिग्गज अभिनेत्री शर्मिला टेगोर बनिन् । उक्त कार्यक्रममा करिनाले शर्मिलालाई छोरी र बुहारीमा के अन्तर हुन्छ भनेर सोधिन् यसमा शर्मिलाले निकै सुन्दर र मन छुने जवाफ दिएकी छिन् ।

बुहारीलाई सहज महसुस गराउनुपर्छः

शर्मिलाले भनिन्, ‘छोरी ती हुन् जो तपाईंको आँखाको अगाडि हुर्किएकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुन्छ र के कुरामा रिसाउन सक्छिन् भन्ने पनि जानकारी हुन्छ । उसँग कसरी कुरा गर्नुपर्छ भनेर पनि तपाईंलाई राम्रोसँग थाहा हुन्छ । जब तपाईं आफ्नी बुहारीसँग भेट्नुहुन्छ तब उनी पहिले नै हुर्किसकेकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुँदैन । उनीसँग घुलमिल हुन समय लाग्छ । जब एक नयाँ युवती, तपाईंकी बुहारी घरमा भित्रिन्छिन् तब प्रत्येक सासुले उनको स्वागत गर्नुपर्छ र उनलाई धेरैभन्दा धेरै सहज महसुस गराउनुपर्छ ।’

आफ्नो विवाहको अनुभव साझा गरिन्ः

शर्मिलाले आफ्नो विवाहको अनुभव साझा गर्दै भनिन्, ‘मलाई आफ्नो विवाहबारे राम्रोसँग याद छ । म बंगाली हुँ र मलाई भात निकै मनपर्छ, तर मेरो नयाँ घरका सदस्यले भने रोटी खान्थे । मलाई माछा खान निकै मनपर्दथ्यो र टाइगर (मंसुर अली खान पटौदी, शर्मिलाका श्रीमान्) लाई त्यो फिटिक्कै मन पर्दैनथ्यो । यस्तो प्रकारको समायोजन थियो । यो निकै सानो कुरा लाग्छ तर लामो समयसम्म यस्तो भइरहनु सामान्य होइन ।’

छोरा–बुहारीको सम्बन्धमा दखल नदिनुहोस्ः

शर्मिला भन्छिन्, ‘नयाँ बुहारीलाई सहज गराउने केटा पक्षको जिम्मेवारी हो । छोरा बुहारीको सम्बन्धमा धेरै दखल नदिनुहोस् । मैले मेरो छोरा सानो हुँदा यस्तो थियो, उसलाई यस्तो खानेकुरा मनपर्दथ्यो भनेर नयाँ बुहारीलाई सुनाइरहन आवश्यक छैन । यो एक प्रकारको देखावटी हो, यसलाई बन्द गर्न सक्नुपर्छ । उनीहरुको सम्बन्धलाई आफ्नो हातमा लिने कोसिस गर्नुको साटो उनीहरुलाई अघि बढ्न दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप