जसको दाँत सबल, उसको जीवन सफल !
नेपालमा ९० प्रतिशत मानिसले ब्रस गर्न जान्दैनन् । शरीरका अन्य भागमा रोग जति महत्त्व दिएर उपचार गर्ने गरिन्छ त्यहीअनुसार मुखको स्वास्थ्यलाई ख्याल गरेको पाइँदैन । प्रायः नेपाली मुखको स्वास्थ्य समस्याबाट ग्रसित छन् । मुख स्वस्थ राख्नका लागि के गर्नुपर्छ ? नेपालमा मुख स्वास्थ्यको अवस्था कस्तो छ ? मुख स्वास्थ्यलाई कति महत्त्व दिइएको छ भन्ने बारेमा दन्तरोग विशेषज्ञ तथा ओम समाज डेन्टलका सञ्चालक डाक्टर सुवास घिमिरेसँग गरिएको कुराकानी :
मुख स्वास्थ्य भनेको के हो ?
मानिसको मुख सम्पूर्ण स्वास्थ्यको मूल ढोका हो । तर, मुख स्वास्थ्य भन्नाले मुखभित्र मात्रै देखिने समस्या होइन । यसमा अनुहार पनि पर्छ । समान्यतया उपचारका लागि स्वास्थ्यकर्मी कहाँ शरीर तथा पेट उपचार गर्न जाँदा डाक्टरले मुख आँ गर भन्छन् । जिब्रो तान्न लगाउँछन्, त्यसपछि मुखमा लाइट बालेर र्हेछन् । किनभने मुख सम्पूर्ण शरीरको ऐना हो । जस्तै मुटुकोे बिरामी भएको मानिसमा अनुहारमा कालोपना आउनका साथै अर्कै खालको रङ पनि देखिन्छ । जस्तै जन्डिस भएको छ भने पनि अनुहार पेहेँलो देखिन्छ । बिरामी भएर अस्पताल जाँदा जिब्रो अनुहार आँखामा हेर्ने गरिन्छ । देखिने अरु अङ्ग सबै छोपिएको हुन्छ । त्यसैले अनुहार वा मुख भनेको संवेदनशील हुन्छ ।
मानिसले जन्मपछि मुखबाट शरीरलाई चाहिने आवश्यक कुरा प्राप्त गर्छ । यदि मुखलाई मात्रै नियन्त्रण गर्न सक्यौँ भने वा मुख स्वास्थ्यलाई हेरचाह गर्न सकेमा त्यसले सम्पूर्ण स्वास्थ्य स्वस्थ राख्न सक्छ । त्यसैले मैले भन्ने गर्छु, ‘जसको दाँत सबल उसको जीवन सफल । जसको दाँत दारो उसको आँत दरो । हामी अहिले राष्ट्रिय अभियानमा पनि छौँ । जसका दाँत सबल उसका जीवन सफल भनेर ।’
मुख स्वास्थ्यलाई ख्याल नगर्दा क्रमशः शारीरिक रूपमा कमजोर हुँदै जान सक्छन् । दोस्रो गर्भवती महिला छन् भने बच्चा कमजोर भएर जन्मन सक्छ । मुख स्वास्थ्यको ख्याल नगर्दा हाडजोर्नीको समस्या हुन सक्छ । उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोग लाग्न सक्ने सम्भावना हुन्छ ।
सामान्यतया मुखमा के हुन्छ भने सामाजिक रूपमा देखिने पाटो भनेको दाँत किराले खाने, गिजाको समस्या जस्तै गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गनाउने र मुखमै क्यान्सर जस्ता रोेग लाग्न सक्छन् । ५ वर्षदेखि १६–१७ वर्षसम्मको मानिसलाई दाँतमा कीरा लाग्ने समस्या, मुखमा घाउ, खटिरा वा मुखसम्बन्धी समस्या बारम्बार हुन्छ भने मुटुको रोग लाग्न सक्छ ।
त्यसैले मुख स्वास्थ्यसम्बन्धी समस्या हुनासाथ सुरुकै अवस्थामा हेरचाह गर्नुपर्छ । मुख बचाउनु भनेको सम्पूर्ण स्वास्थ्य बचाउनु हो । मुख स्वास्थ्यको हेरचाह भनेको सम्पूर्ण स्वास्थ्यको हेरचाह गर्नु हो । त्यसैले मुख स्वास्थ्य र यसको महत्त्व के हो भनेर जनमानसमा चेतना फैलाउन आवश्यक छ ।
मुख स्वास्थ्यमा नेपालमा कतिको चासो दिएको पाउनुहुन्छ ?
पछिल्लो समय मुख स्वास्थ्यलाई चासो दिएर अस्पताल आउने नागरिक सङ्ख्या बढ्दो छ । नेपालमा सरकारी पक्षबाट मुख स्वास्थ्यको क्षेत्रमा जनचेतना फैलाउने काम शून्य जस्तै छ । तर प्रायः अहिले घरको एकजना सदस्य विदेश गएकै हुन्छन् । त्यसले गर्दा पनि जनचेनता फैलिएको छ । विदेश गएका मानिसले त्यहाँबाट दाँतको बारेमा जनचेतना पाएसँगै मुख स्वास्थ्यसम्बन्धी जानकारी बढ्दै गएको पाइन्छ । विदेशमा डेन्टल उपचारको लागि महँगो हुन्छ भन्दै नेपाल आउन थालेका छन् । ती मान्छेले मुख स्वास्थ्यको ख्याल गरेर घरका अन्य सदस्यलाई उपचार गर्नु पर्छ भन्न थालेका छन् । यो समस्या बढ्यो भने झन् विकराल हुन्छ भनेर यसको महत्त्व बुझाउन थालेका छन् । जनचेतना फैलिने क्रम क्रमशः भइरहेको छ । जसले गर्दा दिनानुदिन मुख स्वास्थ्यसम्बन्धी जाँच गर्न आउने क्रम बढ्दो छ । समग्रहमा भन्नुपर्दा चासो बढ्दो छ । मुख स्वास्थ्यका बारेमा मानिसले बुझ्दैछन् । सामान्य रोग भएका मानिसले पनि मुख जाँच गरेको पाइन्छ । अस्पतालमा पनि होल बोडी जाँच गर्ने क्रममा दाँतको परीक्षण गर्ने चलन बढ्दो छ । पहिले सहरका मान्छेको मुख रोगले गाँजेको हुन्थ्यो भने गाउँको राम्रो अवस्था थियो । आजभोलि गाउँका मान्छेको मुख स्वास्थ्य बिग्रिँदो छ ।
पहिला गाउँका मानिसहरुको मुख स्वास्थ्य राम्रो थियो भन्नुभयो । पहिला कसरी राम्रो थियो, अहिले कसरी बिग्रिँदै गएको छ ?
गाउँका मानिस सहरमा आइसकेपछि खानपानको तरिका फरक भयो । गाउँमा हुँदा जङ्कफुड चक्लेट जस्ता प्याकेटका खानेकुरा कम खाने चलन थियो । तर सहर बस्ने धेरै भए चक्लेट, जङ्कफुड धेरै खाने चलन छ । अभिभावकले छोराछोरीलाई आफूले बाल्यकालमा यस्ता खानेकुरा खान नपाएको भन्दै खुवाउने चलन छ । यो जनस्वस्थ्यका लागि फाइदाजनक होइन । पहिला गाउँका सबैजसो मानिसहरुले प्राकृतिक खानेकुरा खान्थे । प्राकृतिक खानामा मुख आफै सफा गर्ने प्रक्रिया हुन्छ । तिनीहरुमा दाँतमा भएका किटाणुलाई मार्ने क्षमता हुन्छ । त्यस्ता खालका प्राकृतिक खाना निल्दा पेट सफा हुन्छ ।
तर, अहिले गाउँका प्रत्येक घरबाट एक सदस्य विदेश गएकै हुन्छन् । गाउँमा खेतीपाती गर्ने चलन घट्दै गएको छ । जमिन बाँझो राख्ने क्रम बढ्दो छ । गाउँघरका मनिस विदेसिएसँगै उत्पादन गरेर खानेभन्दा पनि किनेर खाने चलन बढ्दो छ । मद्यपान—धूम्रपान गर्नेको सङ्ख्या सहरमा भन्दा गाउँमा धेरै छन् । जसले गर्दा मुख स्वास्थ्यको समस्या पनि बढ्दो छ । यस्ता कुराले गर्दा अब गाउँ गाउँ नै रहेन । तर गाउँ सहर जस्तो पनि भएन, बीचको अवस्थामा छ ।
मुख स्वास्थ्यअन्तर्गत कस्ता–कस्ता समस्या भएका बिरामी आउँछन् । के–के कुरामा ध्यान दिन जरुरी छ ?
मुख स्वास्थ्यअन्तर्गत दुईवटा कुरामा ध्यान दिनुपर्छ । जन्मजात हुने ओठ खुडे, तालु खुडे, नाकको एक भाग नभएको, प्वाल नभएको, जिब्रो नभएको, जिब्रो काटेको, दाँतको बङ्गाराको विकास नभएको आदि समस्या जन्मजात आउने समस्या हुन । डेन्टलको पनि आठवटा विद्या हुन्छन् । बच्चाको विशेषज्ञ, गिजाको विशेषज्ञ, दाँत भर्ने विशेषज्ञ, दाँत लगाउने विशेषज्ञ, आँखा, नाक लगाउने विशेषज्ञ, कृत्रिम आँखा, नाक, कान राख्ने विशेषज्ञ हुन्छन् ।
सामान्यतः दाँतमा कीरा लाग्दा गिजामा बारबार समस्या आउँछ त्यसपछि मुख धेरै गनाउँछ । परीक्षण गर्नुभयो, त्यस्ता समस्या भएका व्यक्तिलाई क्यान्सर हुने सम्भावना हुन्छ । साथै मुखबाट बारम्बार रगत आइरहन्छ भने त्यो क्यान्सर पनि हुुन सक्छ । त्यस कारणले गर्दाखेरी मुखको रोगको क्रम बढ्दो छ । यहाँ आउने प्रायः दाँतमा कीरा लाग्ने र गिजाको समस्या लिएर आउनको सङ्ख्या धेरै छन् । मुख स्वास्थ्यमा फरक फरक प्रकारका रोग हुन्छन् र फरक फरक विशेषज्ञलाई देखाउनुपर्ने हुन्छ ।
मुख स्वास्थ्यसम्बन्धी समस्या बोकेर नागरिक कुन अवस्थामा अस्पताल आइपुग्छन् ?
मुख स्वास्थ्यको जाँच गर्न जटिल समस्या भएपछि बिरामी आउने गर्छन् । हामी नेपालीको दुःख नपाएसम्म अस्पताल जाने चलन कमै हुन्छ । अस्पताल समस्या बढ्दै गएपछि मात्रै आउँछन् । मुख स्वास्थ्यमा समस्या नभईकन नियमित स्वास्थ्य परीक्षण गर्नेको सङ्ख्या बढ्दो छ । तुलनात्मक रूपमा मुख स्वास्थ्यको जाँच गर्नेक्रम बढ्दो भन्न सकिन्छ तर सन्तोषजक छैन ।
नेपालीलाई सही तरिकाले दाँत माझ्न आउँदैन भन्छन् । दाँत ब्रस गर्दा प्रयोग गरिने पेस्ट पनि गुणस्तरीय छैन, भनिन्छ के यो कुरा साँचो हो ?
सामान्यतया ९० प्रतिशत मानिसलाई अहिले पनि दाँत माझ्न आउँदैन । तर ९९ प्रतिशत मानिसले दाँत माझ्छन् । झन्डै झन्डै मलाई लाग्छ २५ प्रतिशत मानिसले बिहान बेलुका दाँत माझ्छन् होला । मेरो अनुमानमा ७५ प्रतिशत मानिस चाहिँ दाँत बिहान मात्रै माझ्छन् । हामीमा बिहान मात्रै दाँत माझ्नु पर्छ भन्ने धारणा छ । तर बेलुका दाँत माझ्ने चलन छैन ।
ब्रस बिहान उठ्ने वित्तिकै, राति सुन्नेभन्दा अगाडि गर्नुपर्छ । बिहान उठ्ेपछाडि ब्रस गर्यो भने खाना खाइसकेपछि दाँतमा अड्किएको खाना निकाले पुग्छ ।
बिहान उठ्दा किटाणु जम्मा भएका कारण कसैकसैको मुख गनाउँछ । गनाउँदा ब्रस गरिएन भने बाहिरको किटाणु पनि मुखभित्र जान्छ साथै पेटभित्र पनि जान्छ । त्यसकारणले गर्दा ग्यासको समस्या पनि आउन सक्छ । बिहान उठ्ेबित्तिकै ब्रस गरिएन भने बिहानै प्राकृतिक खानेकुराहरु खानुभयो भने एक साइडलाई मात्रै सफा गर्छ ।
ब्याक्टेरियाका ठूला ठूला ढिक्काहरु मिलेर दाँतमा बस्छन् । खाना खाएर बिहानको ब्रस नगर्दा हुन्छ । किनभने दिनभरि मुख पनि चल्छ । थुक पनि आउँछ । आफै सफा पनि हुन्छ । तर तपाईंले दिउँसो खाना खानुभयो भने ३ पटक ब्रस गर्नुपर्छ । यदि तपाईंले बिहान उठ्ने वित्तिकै दिउँसो खाना खाँदा र राति खाना खाएपछि अड्केकोलाई निकाले पुग्छ ।
ब्रस गर्ने २—३ तरिका हुन्छ । पहिलो तरिका हामीले ब्रसलाई दाँतको तलमाथि मात्रै गछौँ । पहिला तेस्र्रो तरिकाले ब्रसगर्दा दाँतमा खाल्डो पथ्र्यो । अहिले तलमाथि गर्दा गिजाहरु सुर्केर दाँतहरु लामालामा देखिन्छन् । ब्रस गर्दा अलग–अलग माथिको दाँतलाई माथि, तलको दाँतलाई तल गरेर तरिका मिलाएर गर्नुपर्छ ।
६ वर्षको उमेरदेखि दाँतलाई घोटिराखेका छौँ । त्यसरी घोट्दा त ढुङ्गामा पनि प्वाल पार्न सक्छ । ५५–६० वर्षसम्म यसरी दाँत नमिलाइ माझ्दा कस्तो होला आफै सोच्नुहोस् ।
ब्रस कसरी गर्ने भने पुरानो बनोट नबिगारी ब्रस गर्नुपर्छ । ब्रस गर्दा दाँतको ५ वटा भाग सफा हुनेगरी गर्नुपर्छ । त्यो ब्रस डेन्टल फल्स भन्छौँ । अनि दुई दाँतको बीचमा सफा गर्न सक्छौँ । ब्रस गर्दा दुई भागमा गर्छौं । ३ भागमा प्रायः मानिसले ब्रस गर्दैन । ब्रस राम्रोसँग नगर्दा गिजामा पनि समस्या आउँछ । त्यसैले नरम ब्रस प्रयोग गर्नुपर्छ । तुथपेस्ट तरल खालको प्रयोग गर्नुपर्छ । तुथपेस्ट प्रयोग नगर्दा पनि हुन्छ । यदि तुथपेस्टको प्रयोग नै गर्ने भने जेलवाला तुथपेस्ट प्रयोग गर्दा राम्रो हुन्छ । चिप्लो खालको प्रयोग गरियो भने त्यो चाहिँ राम्रो हुन्छ ।
मुख स्वास्थ्यको बारेमा जनचेतना फैलाउन सरकार कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ?
यदि सामान्य रूपमा सरकारले मुख स्वास्थ्यलाई कसरी ब्रस गर्ने, के खाने, के नखाने भनेर जनचेनता फैलाउन सक्यो भने तपाईं सम्रग स्वास्थ्यको हेरचाह हुन्छ । मुखले शरीरको द्वारपालको काम गर्छ । सरकारले अन्य रोगलाई जसरी मुख स्वास्थ्यलाई पनि रकम छुट्याउने हो भने अन्य रोगका लागि खर्च धेरै लाग्दैन । क्यान्सर, मिर्गौलासम्बन्धी समस्या लगायत ८ जटिल रोगका लागि बजेट विनियोजन गर्दै आइरहेको छ । मुख स्वास्थ्यको बारेमा जनचेनतामा फैलाउन सरकार लाग्नुपर्छ । मुख स्वास्थ्यमा जनचेनता फैलाएमा धेरै रोगको न्यूनीकरण हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद
-
मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि