शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

११ मिनेटमा चार गोल गर्दै युनाइटेड युरोपा लिगको नकआउट चरणमा

शुक्रबार, २७ मङ्सिर २०७६, ०८ : ४७
शुक्रबार, २७ मङ्सिर २०७६

एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा युनाइटेडले डच क्लब एजेड अल्कमारलाई ४–० गोलले हरायो ।

जितसँगै युनाइटेड समूह ‘एल’ को विजेता बन्दै नकआउच चरणमा पुगेको हो । युनाइटेडले ६ खेलबाट १३ अंक बनायो । हारेपनि अल्कमारले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनायो । समूहको दोस्रो स्थानमा रहेको अल्कमारले नौ अंक बनाएको छ ।

युनाईटेडले दोस्रो हाफमा ११ मिनेटको अन्तरालमा चार गोल गरेको थियो । युनाइटेडलाई जिताउन मासन ग्रिनउडले दुई गोल गरे । एस्ली योङ र हुवान माटाले एक एक गोल गरेका थिए । योङले ५३ औँ मिनेटमा खाता खोले । मासनले ५८ औँ र ६४ औँ मिनेटमा दुई गोल गरे । यसअघि ६२ औँ मिनेटमा माटाले पेनाल्टीमार्फत एक गोल गरेका थिए । युरोपा लिगका नकआउच चरणमा खेल तालिका भने समोबार सार्वजनिक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप