बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओखलढुङ्गामा भूकम्पपीडितले किस्ता बुझे, घर मर्मत गरेनन्

शुक्रबार, २७ मङ्सिर २०७६, ०८ : ४३
शुक्रबार, २७ मङ्सिर २०७६

रामहरि श्रेष्ठ

ओखलढुङ्गा । सरकारले भूकम्पपछि आंशिक रुपमा क्षति भएका घरहरुलाई मर्मत गरी पुनः बस्न मिल्ने भन्दै प्रवलीकरणको नीति लिएको छ । तर यो नीतिका विषयमा स्थानीय नागरिकमाझ बुझाइमा फरक पर्दा प्रवलीकरण अर्थात् घर मर्मत गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । भूकम्प गएको चार वर्षपछि व्यक्तिगत आवस पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको ओखलढुङ्गामा प्रवलीकरण अर्थात मर्मत गर्नुपर्ने घरहरु भने जस्ताको तस्तै छन् ।

भूकम्पपछि ओखलढुङ्गा जिल्लामा ४ हजार बढी घरहरु आंशिक रुपमा क्षति भएका थिए । यसमध्ये दुई हजार सात सय ५० जना लाभग्राहीले प्रवलिकरणका (मर्मत)का लागी सम्झौता गरी पहिलो किस्ता बापतको रु ५० हजार रुपैयाँ बुझिसकेका छन् । तर पहिलो किस्ता रकम लिइसकेका भूकम्प प्रभाबितले अझैसम्म घरको मर्मत गराएका छैनन् ।

परम्परागत घर तथा ढुङ्गा माटोले बनेका घरुहरु भूकम्पले चर्काएको र त्यसलाई मर्मतगरी बस्न योग्य हुन्छन् हुदैनन् भन्ने दुबिधाका कारण प्रवलीकरण नगराएको पाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भवनका ईन्जिनियर सहायक देवी प्रसाद फुयालले बताए ।

भूकम्पका कारण समान्य क्षेती भएका घरहरु टालटुल तथा मर्मत गरी बस्न मिल्ने भए आशिंक क्षति भित्र पर्दछन् । यस्ता घरलाई पुनर्निर्माण प्राधिकरणले रु १ लाख रुपैयाँ मर्मतका लागि दिने निर्णय गरेको छ । सोहीअनुसार प्रवलीकरणमा परेका लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेका छन् । तर ती लाभग्राहीहरुले रकम लिएको लामो समय बितिसक्दा समेत घर मर्मत गराएका छैनन्  ।

यसले पुनर्निर्माणको समग्र गतिमा समेत असर पर्ने भन्दै प्राधिकरणले गाउँ–गाउँमा प्रवलीकरण मार्फत नमुना घर निर्माण गरी स्थानीयलाई देखाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ओखलढुङ्गाका आयोजना प्रमुख युवराज खरेलले बताए ।  ‘प्रवलीकरणका विषयमा जनतालाई बुझाउनै गाह्रो प¥यो, हामीले सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा उनीहरुलाई बुझाउनका लागि रेट्रोफिटिङमार्फत् नमुना घर निर्माण गरिरहेका छौँ ।’

यता, ओखलढुङ्गामा करिब ८७ प्रतिशत नीजि आवास पुनर्निर्माण सम्पन्न भएका छन् । पहिलो किस्ता लिएका २० हजार छ सय ३५ लाभग्राही मध्ये करिब ८७ प्रतिशत लाभग्राहिले निजी आवासपुनर्निर्माण सकिसकेका हुन्। १९ हजार चार सय चार जना लाभग्राहीले भूकम्प प्रतिरोधी घर निर्माणको काम सम्पन्न गरी तेश्रो किस्ता लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप