ज्वालामुखीमा घाइते भएकाहरुको उपचारका लागि न्यूजिल्याण्डद्वारा १ हजार २ सय ९२ वर्ग मिटर छाला माग
न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा घाइते भएकाहरुको उपचारका लागि सरकारले १ हजार २ सय ९२ वर्ग मिटर मानव छाला अर्डर गरेको छ । सोमबार बिस्फोट भएको ज्वालामुखीमा बुधबारसम्म मृत्यु हुनेको संख्या १० पुगेको छ जबकी २७ जना गम्भीर रुपमा जलेका छन् । उनीहरु सबै आइसियूमा भर्ना छन् । अन्य साधारण घाइते भएका छन् । दुर्घटना हुँदा आइल्याण्डमा ४७ पर्यटक थिए ।
उपचारमा संलग्न डाक्टरका अनुसार पीडितको उपचारका लागि छाला अत्यावश्यक छ । धेरैजसो मानिसहरु ग्यास र आगोका कारण घाइते भएका छन् । २७ बिरामीको शरीर ३० प्रतिशतभन्दा बढी जलेको छ । जिल्ला हेल्थ बोर्डका अधिकारी पिटर वाटसनले आफूहरुले उपचार गरिरहेको तर १ हजार २ सय ९२ वर्ग फिट छालाको आवश्यकता पर्ने बताएका छन् । उक्त छाला अमेरिकाबाट मगाइएको बताइएको छ । यसका लागि अर्डर दिइसकिएको र अष्ट्रेलियाको टिश्यू र स्किन बैंकलाई पनि अर्डर दिएको चिकित्सकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित