बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आज देशभर बदली, केही स्थानमा वर्षा र भारी हिमपात

शुक्रबार, २७ मङ्सिर २०७६, ०६ : ५०
शुक्रबार, २७ मङ्सिर २०७६

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ । 

शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात हुने पूर्वानुमानमा उल्लेख छ । यता, मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का हिमपात हुन सक्नेछ । साथै, पश्चिमी भूभागका केही स्थानमा हुरी आउन सक्छ ।

भने, राति पनि देशैभरी बदलीको सम्भावना रहेको छ । पश्चिमी भेगका केही स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैगरी, पश्चिमी उच्च पहाडी र हिमाली भूभागहरुमा भारी हिमपात हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह समेत गरेको छ । भने पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा पनि सामान्य हिमपात हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप