शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफलले तपाईंको बारेमा के भन्छ ?

शुक्रबार, २७ मङ्सिर २०७६, ०६ : ३२
शुक्रबार, २७ मङ्सिर २०७६

वि.सं.२०७६ साल मंसिर २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ डिसेम्बर १३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि प्रतिपदा,०९ घडी ३६ पला,बिहान १० बजेर ३९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र मृगशिरा,०१ घडी ५९ पला,बिहान ०७ बजेर ३७ मिनेट उप्रान्त आद्रा । योग शुभ,१७ घडी ४५ पला,दिउसो ०१ बजेर ५५ मिनेट उप्रान्त शुक्ल । करण कौलव,बिहान १० बजेर ३९ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर १७ मिनेट उप्रान्त गर । आनन्दादिमा मानस योग । चन्द्रराशि मिथुन । 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५३ पला । कोसी-कोका संगममा धार्मिक मेला।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो तथा रमाईलो यात्रा हुने भएपनि गन्तव्यमा पुग्नुभन्दा पहिलनै बिभिन्न वाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानी हुनेछैन भने लगानी गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथिको असमज्दारिले दैनिक कामहरु प्रभावित हुनेछन् । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले यस्ता क्रियाकलापमा सामेल नहुनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानीगर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने  हुनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरुबिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेयोग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानी गरि प्रशस्त आम्दानीगर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी  फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुनेहुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । मायाप्रेममा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ । आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाति रहनेछ । व्यापारमा व्यावसायमा लगानी गर्न केहि समय पर्खनु उचित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउबाट प्रेम प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुदा भनेजस्तो उपलव्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ ।
 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोबल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटि मागेर दैनिकि गुजार गर्नुपर्ने अवस्था आउनसक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित बिषयमा सहभागि नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्त सँग मनमुटाव सिर्जना हुनेछ । नोकरि तथा बिद्यामा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु बलिया हुने सक्छन ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आकस्मिक धन तथा सम्पति लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।  माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप