निर्वाचनको विरुद्धमा अल्जेरियामा प्रदर्शन, मतदान केन्द्रमा आक्रमण

एजेन्सी । अल्जेरियाको राजधानी अल्जियर्समा बिहीबार पनि दशौँ हजार आन्दोलनकारीले विरोध प्रदर्शन गरेका छन् । बिहीबार अर्थात डिसेम्बर १२ तारिखका लागि तय गरिएको निर्वाचनकै दिन उनीहरूले निर्वाचनको विरुद्धमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनसँगै उनीहरूले कतिपय मतदान केन्द्रमा समेत आक्रमण गरेको र निर्वाचनलाई बाधा पु¥याएको जनाइएको छ । लामो समयदेखिको आन्दोलन मत्थर पार्न र नयाँ सरकार बनाउन भन्दै भइरहेको निर्वाचनका विरुद्ध नै प्रदर्शन भइरहेको हो ।
निर्वाचनसँग सम्बन्धित कानूनमा व्यापक सुधार गर्नुपर्ने र पुरानो कानूनअनुसार हुने निर्वाचन आम नागरिकले चाहेजस्तो नहुने भएकाले प्रदर्शनमा उत्रिनु परेको आन्दोलनकारीहरूले जनाएका छन् ।
अल्जेरियामा गत जुलाई ४ का लागि निर्वाचनको मिति तोकिएको थियो तर योग्य उम्मेदवारको अभाव देखाउँदै निर्वाचन डिसेम्बर १२ का लागि सारेर अब्देलकादेर बेनसालाहलाई अन्तरिम राष्ट्रपति बनाइएको छ । निर्वाचन कानूनमा सुधार नगरी चुनाव गरिएकाले अल्जेरियामा राजनीतिक स्थिरता नल्याउने भन्दै उनीहरूले विरोध जारी राखेका हुन् ।
उनीहरूले सरकार र निर्वाचनका विरुद्धमा प्रदर्शन गरेको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् । अल्जेरियामा अधिकारकर्मीहरूले झण्डै दश महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् । यसअघि अफ्रिकी मुलुक अल्जेरियाका तत्कालीन राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाले गत अप्रिलका लागि तय भएको निर्वाचन पनि स्थगित गरिएको थियो ।
उनी आफै उम्मेदवार बन्ने विषयले पनि आन्दोलनकारीहरूलाई थप आक्रोशित बनाएपछि निर्वाचन स्थगित गरिएको थियो । वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले ८२ वर्षीय वृद्ध र बिरामी राष्ट्रपति अब्देलाजिजलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरूले माग गरेका थिए । त्यही दबाबअनुसार उनले केहीसमयपछि राजीनामा दिएका छन् ।
अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कयौँ शहरमा पनि व्यापक विरोध भइरहेको जनाइएको छ । अल्जेरियाली युवामा आर्थिक अवसरको कमीका कारण निराशा उत्कर्षमा पुगेको छ भने मुलुकमा नयाँ राजनीतिक नेताको माग भइरहेको छ । Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची