केन्यामा यात्रुबाहक बस ठोक्कियो, ७ जनाको मृत्यु, ६३ जना घाइते
बिहीबार, २६ मङ्सिर २०७६, २२ : ३०
एजेन्सी । केन्यामा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु ६३ जना घाइते भएका छन् । दुईवटा यात्रुबहाक बस नैरोबी—मोम्बासा राजमार्गमा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी अधिकारीले बिहीबार जनाएका छन् । क्षेत्रीय प्रहरी प्रमुख जोसेफ ओले नापेइयानले दिएको जानकारीअनुसार सालामा नजिकै भएको दुर्घटनामा परेका दुवै बस मोड्रन कस्ट यातायात कम्पनीका थिए ।
त्यही कम्पनीको एउटा बस टहमिड यातायात कम्पनीको बससँग एक दिन अगाडि त्यही ठाउँमा जुधेको पनि प्रहरी अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार राति २ बजेतिर दुर्घटना भएको र घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको उनले बताए । केन्यामा सवारी दुर्घटना धेरै हुने गरेको छ भने वार्षिक तीन हजार जनाको सवारी दुर्घटनाकै कारण मृत्यु हुनेगरेको तथ्याङ्क छ । Photo: nairobinews.nation.co.ke
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत