शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशरथ रंगशालामा नेपाल निलो र जापान जेएफएल भिड्दै

बिहीबार, २६ मङ्सिर २०७६, २१ : २३
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम निलो र जापानको जेएफएल यू–२३ टिमबीच सुक्रबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । मैत्री खेलका लागि जापानी टोली काठमाडौं आइसकेको छ । 

नेपाली फुटबल खेलाडीलाई एक्पोजर दिनका लागि जापानलाई बोलाएर मैत्रीपूर्ण खेल आयोजना गरिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले बताए ।

जापानसँगको खेलमा नेपालको सिनियर टोलीका केही र अन्य खेलाडी मिसाएर खेलाईनेछ । मैत्रीपूर्ण फुटबल दिउँसो ३ बजे सुरु हुनेछ । 

एन्फाले मैत्री खेलका लागि दर्शक सुल्क साधारण प्यारापिटको पाँच सय र भिआईपी प्यारापिटको एक हजार रुपैयाँ कायम गरेको छ । जापानी टोलीले आइतबार नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबसँग पनि आइतबार मैत्रीपूर्ण फुटबल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप