शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने

बिहीबार, २६ मङ्सिर २०७६, २० : २२
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो । 

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन लागेको बताए । “नयाँ बसपार्कमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरेर नयाँ स्थानमा सवारी पार्किङ गर्ने स्थान निर्माण गर्ने लक्ष्य प्रालिले लिएको छ”, उनले भने । 

कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई व्यवस्थितरूपमा सञ्चालन गर्न महानगरपालिकाले ल्होत्से प्रालिसँग सहकार्य गरेर काम गरिरहेको उल्लेख गरे । “नयाँ बसपार्क चाँडो नै नमूना बसपार्क बन्नेछ”, उनले भने। 

पाँच रोपनी क्षेत्रफलमा निर्माण गरिएको ल्होत्से मल साततलाको रहेको छ । उक्त मलमा पार्किङदेखि सपिङ सेन्टर, पार्टी प्यालेस, हेल्थ क्लब र फिल्महल रहेका छन् । 

आज शुभारम्भ गरिएको फिल्म हल आईएनआई ग्रुपले सञ्चालन गरेको छ । दुईवटा फिल्महल रहेको उक्त मलमा ४८० जनाको क्षमता रहेको आईएनआईका सञ्चालक सुरेन्द्र थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप