शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ए’ डिभिजन लिगलाई कतार एयरवेजको प्रायोजन

बिहीबार, २६ मङ्सिर २०७६, १८ : ०१
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको छ । 

मंसिर २८ गतेदेखि सुरु हुन लागेको लिगलाई कतार एयरवेजले एक लाख ५० हजार अमेरिकी डलर प्रयोजनज गरेको हो । प्रायोजन सम्झौता एक बर्षको लागि रहेको छ । बिहीबार सातदोवाटो स्थित एन्फा कम्प्लेम्समा आयोजित कार्यक्रबीच अखिल नेपाल फुटबल संघ (एन्फां) का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इमरानले संम्झौता पत्र आदान प्रदान गरेका छन् । 

सम्झौता अनुसार कतार एयरवेजले लिग फुटबलको लागि दुई किस्तामा गरी एन्फालाई ९० र ६० हजार अमेरिकी डलर उपलब्ध गर्नेछ । सम्झौता एक बर्षको लागि हुनेछ । सम्झौतासँगै लिगको नाम कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिग हुनेछ । एन्फाले भने कतार एयरवेजको प्रोमोसनमा सहयोग गर्नेछ । 

‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागिता रहने छ । सहभागी क्लबले कूल ९१ खेल खेल्नेछन् । लिगको नियम अनुसार अन्तिममा रहने एक टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारी खर्च स्वरुप २० लाख रुपैयाँ पनि उपलब्ध गराउने छ । 
कूल ६ करोड ३० लाख लगानीमा सञ्चालन हुने लिगको विजेता टोलीले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले सात लाख र छैटौं स्थानमा रहने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगका हरेक खेलको विजेता टोलीले छुट्टै ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यदी खेल बराबरीमा सकिएका १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

यसैगरी लिगको उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक र प्रशिक्षकलाई जनही एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । लिगको फेयर प्ले टोलीलाई एक लाख रुपैयाँ प्रदान गरिने बताईएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले लिगको खेल तालिका यसअघिनै सार्वजनिक गरिसकेको छ । शनिबार हुने उद्घाटन खेलमा ब्रिगेड ब्वाईज र मच्छिन्द्र क्लब भिड्दैछन् । लिगमा लागि प्रत्येक क्लबले कम्तीमा १८ र बढीमा ४५ जना खेलाडी राख्न् पाउने प्रावधान रहेको छ । 
एक खेलमा तीन जना खेलाडीले खेल्न पाउनेछन् ।
 लिगका लागि प्रायोजन संझौता कार्यक्रममा एन्फाका अध्यक्ष शेर्पाले अन्तरार्रष्ट्रिय स्तरको ख्याती प्राप्त कम्पनीलाई प्रायोजकको रुपमा पाउनु नेपाली फुटबलको विकासमा लागि खुशीको क्षण भएको बताए । 

यसैगरी एयरवेजका कन्ट्री म्यानेजर इमरानले लोकप्रिय खेल फुटबलसँग गासिन पाउनु कम्पनीको भाग्य भएको बताए । उनले साग फु्टबलको नोपलले स्वर्ण जितेकोमा बधाई दिंदै भविष्यमा नेपाली फुटबलका थप सहयोग गर्ने बताए । लिगको सम्पूर्ण तयारी पूरा भएको पनि एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप