बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकारले घोषणा गरेको पुरस्कारले खेलाडीहरुमा खुसीयाली’

बिहीबार, २६ मङ्सिर २०७६, १७ : ४५
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले इतिहासमै सबैभन्दा बढी पदक हासिल गर्नुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै सदस्य सचिव सिलवालले सरकारले खेलाडीहरुका लागि घोषणा गरेको पुरस्कारले खेलाडीहरुको बनोबल बढेको समेत बताए । 

सरकारको घोषणाले खसी भएका खेलाडीहरुलाई एशियन, ओलम्पिक र विश्वकपको तयारीका लागि तयार गर्न सजिलो भएको समेतउनले बताए । 

उनले सागका लागि चाहिने आवश्यक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिँदा समयमै काम सम्पन्न गर्न सकिएको जानकारी दिए । 

उनले आफूले साग सुरु हुनुभन्दा पहिला नै कम्तिमा पनि ५० स्वर्ण पदक जित्ने भन्दा धेरैले नपत्याएको उल्लेख गर्दै अहिले प्रमाणीत भएको बताए । 

विभिन्न २१ खेलको प्रशिक्षण विदेशमा गरिएकाले समेत परिणाम राम्रो आएको बताउँदै खेल क्षेत्रमा अझ बढी लगानी आवस्यक रहेको उनले बताए । 

साग सकिएसँगै आफूहरुको अबको ध्यान १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको सिलवालले बताए । 

उनले खेलकुद क्षेत्रको क्रमिक सुधार भएको बताउँदै खेललाई उत्पादनशील क्षेत्रको रुपमा अगाडी बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो अवसरमा उनले अवको चार वर्ष भित्र ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने घोषणा समेत गरे । 

उनले सागको सम्पूर्ण खर्च विवरण ९० दिन भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाउँदै सागमा पदक जित्ने खेलाडीहरुलाई  शुक्रबार बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगरपरिक्रमा गराउने समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप