शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल पक्षद्वारा केन्द्रीय समिति बैठक बहिस्कार

बिहीबार, २६ मङ्सिर २०७६, १७ : १६
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौँ । नेपाली काँग्रेसको बिहीबारको लागि बोलाइएको केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल पक्षले बाहिस्कार गरेको छ । 

बैठकको एजेन्डामा १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषय समावेश गर्न सभापति शेरबहादुर देउवा  राजी नभएको भन्दै पौडेल पक्षले बैठक बाहिस्कार गरेको हो । 

उनीहरू बैठक हलमा प्रवेश नै नगरी पार्टी कार्यालय सानेपाबाट हिँडेका हुन् । 

पौडेल पक्ष सहभागी नभएको बैठकमा देउवाले आफू निकटका केन्द्रीयहरुलाई बैठकको एजेण्डा वितरण गर्नुबाहेक अरु कुनै छलफल हुन सकेन । पौडेल समूहले  बहिस्कार गरेसँगै अर्को बैठक यही मंसिर २९ गतेसम्मको लागि स्थगित भएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप