पौडेल पक्षद्वारा केन्द्रीय समिति बैठक बहिस्कार
बिहीबार, २६ मङ्सिर २०७६, १७ : १६
काठमाडौँ । नेपाली काँग्रेसको बिहीबारको लागि बोलाइएको केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल पक्षले बाहिस्कार गरेको छ ।
बैठकको एजेन्डामा १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषय समावेश गर्न सभापति शेरबहादुर देउवा राजी नभएको भन्दै पौडेल पक्षले बैठक बाहिस्कार गरेको हो ।
उनीहरू बैठक हलमा प्रवेश नै नगरी पार्टी कार्यालय सानेपाबाट हिँडेका हुन् ।
पौडेल पक्ष सहभागी नभएको बैठकमा देउवाले आफू निकटका केन्द्रीयहरुलाई बैठकको एजेण्डा वितरण गर्नुबाहेक अरु कुनै छलफल हुन सकेन । पौडेल समूहले बहिस्कार गरेसँगै अर्को बैठक यही मंसिर २९ गतेसम्मको लागि स्थगित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण