यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय
बिहीबार, २६ मङ्सिर २०७६, १६ : ५१
१

काठमाडौँ । मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् ।
जसअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाइहरुको चालू आर्थिक वर्ष २०७६–७७ का लागि ८ राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।
यसैगरी झूटो विवरण पेश गरेर नागरिकता प्राप्त गर्ने जमालुदिन धुनियाको नागरिकता रद्ध गर्ने, १९ जिल्लाहरुमा प्रशासन सेवा समूहका कर्मचारीलाई सीडीओ तोक्ने, राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ९ गते गर्नेलगायत निर्णय पनि सरकारले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?