मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

टेलिकमको तीब्र गतिको डाटा चलाउन मिल्ने ‘एफटीटीएच’ सेवा २५ जिल्लामा

बिहीबार, २६ मङ्सिर २०७६, १६ : ५०
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं– नेपाल टेलिकमले नेपालभर विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटीटीएच सेवा हाल नेपालभर २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध छ । 

काठमाडौंमा यो सेवा कीर्तिपुर कार्यालय अन्तर्गत भत्केकोपाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । 

त्यसैगरी, गोंगबु कार्यालय अन्तर्गत चमती, गोंगबु चोक रिङरोड, खुशिबु टाउन प्लानिङ, खुशिबु नयाँ बजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको छ । नक्साल एक्सचेञ्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरित क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पिपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटीटीएच सेवा उपलब्ध छ । 

छाउनी कार्यालय अन्तर्गत कालिमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकाप अन्तर्गत सिभिल होम्स तीनथाना, अर्किड कोलोनी, ढुंगेअड्डा तथा ढुंगेअड्डा देखि तीनथाना क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, वागदरबार र टेकु तथा हात्तिगौडा अन्तर्गत बसुन्धरा, महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट नजिक, सुकेधारा र धुम्बाराही नजिक क्षेत्रमा यो सेवा उपलब्ध छ । 

बबरमहल कार्यालय अन्तर्गत अल्फा बिटा नजिक, बीआईसीसीको उत्तर, ह्वाइट हाउस नजिक र भेनस हस्पिटलको विपरित क्षेत्रमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठिमी(गोठाटार) अन्तर्गत नमुना चोक, सनराइज चोक, काँडाघारी चोक नजिक र सनसिटी तथा चाबहिलमा कार्यालय नजिकको क्षेत्रमा यो सेवा उपलब्ध छ । 

ललितपुर जिल्लामा सैंबु, पाटन र ठैब कार्यालयबाट एफटीटीएच सेवा वितरण भइरहेको छ । सैंबु अन्तर्गत संैबु कार्यालय, विनायक कोलोनी, जनता आवास र कार्यविनायक तथा पाटन कार्यालय अन्तर्गत बखुन्डोल नजिक, सानेपा चोक, झम्सिखेल, घुसिंगाल, कुपन्डोल र कानदेवता स्थानमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठैब कार्यालय अन्तर्गत झरुवारासी, नयाँ बस्ती र दमाईटारमा यो सेवा उपलब्ध छ । 

भक्तपुर जिल्लामा भक्तपुर र ठिमी कार्यालयले एफटीटीएच सेवा उपलब्ध गराइरहेका छन् । भक्तपुर अन्तर्गत जितपुर र नगरकोट तथा ठिमी अन्तर्गत आँखा अस्पताल क्षेत्र, पुल नजिकै, क्याबिनेट २५मा र कौशलटार क्षेत्रमा यो सेवा उपलब्ध छ । 

कास्कीको पोखरा तथा पार्दी क्षेत्रमा हल्लन चोक, जरेबर र लेक साइडमा यो सेवा लिन सकिन्छ । रुपन्देहीको भैरहवास्थित अन्चलपुर, मिलनचोक र एक्सचेन्ज चोक, मंगलापुरस्थित पारामाउन्ट चोक, नयाँ मिल एरिया, एनटी एक्सचेन्ज क्षेत्र र भक्तपुर चोक एरिया, बुटवलस्थित महेन्द्र चोक, ट्राफिक चोक र अमरपथ तथा सूर्यपुरामा यो सेवा उपलब्ध छ । 

काभ्रेको बनेपा कार्यालय नजिक यो सेवा उपलब्ध छ । त्यसैगरी दाङको घोराही, बागलुङको बागलुङ बजार, बाँकेको नेपालगन्जस्थित भृकुटीनगर, बसपार्क, कारकान्दो अन्तर्गत नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय, धम्बोझी क्षेत्र, राँझा एयरपोर्ट, कोहलपुर र शिव मन्दिरमा यो सेवा उपलब्ध छ । 

चितवनको सौराहास्थित हात्तिचोक र बछौली चोक, भरतपुर क्षेत्र, टाँडी चोक, प्रहरी कार्यालय र दूरसञ्चार मोडमा यो सेवा उपलब्ध छ । मकवानपुरको हेटौंडास्थित वस्तीपुर, हेटौडा टेलिकम कार्यालय नजिकको क्षेत्र, बुद्धचोक, ओमभवन र चौकी टोल ओरालोमा यो सेवा उपलब्ध छ । 

मोरङको विराटनगरस्थित जलजला चोक, धनकुटाको त्रिवेणी चोक र हाइवे, धनुषाको जनकपुरस्थित शिवचोक, भानुचोक, महाविर चोक, मुरली चोक र प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । झापाको दमकस्थित नाइट बस स्टप र विर्तामोडस्थित मुक्ति चोक र बस स्टपको पश्चिम क्षेत्रमा यो सेवा लिन सकिन्छ । 

त्यसैगरी, कैलालीको धनगढीस्थित हुलाकी रोडको क्याम्पस चोक, शिवनगर चोक, ज्ञानु प्लाजा चौराहा र चौराहाको विपरित क्षेत्रमा यो सेवा उपलब्ध छ । कन्चनपुरको महेन्द्रनगरस्थित बजार लाइन तथा म्याग्दीको बेनी बजार र बेनी एक्सचेन्ज तथा नवलपरासीको बर्दघाटस्थित बाढीपीडित क्षेत्र र क्याविनेट २ क्षेत्रमा यो सेवा उपलब्ध छ । पाल्पाको बजार क्षेत्रमा पनि यो सेवा उपलब्ध छ । 

सिन्धुपाल्चोकको तातोपानी ड्राइपोर्ट एरिया, सोलुखुम्बुको लुक्लास्थित चौरीखर्क, सुर्खेतको बजार नजिक १९ क्याबिनेट र वीरेन्द्र चोकमा यो सुविधा उपलब्ध छ । 

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी पनि छ । यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले तीब्र रुपले कार्य योजना अघि बढाएको छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’को नाममा ब्राण्डिङ गरेको छ । 

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप