बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भ्रमण वर्ष २०२० लक्षित राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना

बिहीबार, २६ मङ्सिर २०७६, १५ : ३८
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गरिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म पोखरामा व्यापार मेलाको आयोजना गरिने भएको हो । 

मेलाले औद्यौगिक, कृषिजन्य उत्पादन, हस्ताकलाका उत्पादनको प्रदर्शन गरी बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

 लगानीको सम्बर्द्धन उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ सुरु हुने मेलाबाट गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गरी प्रदेशको व्यवसाय विस्तारको सम्भावना खोजी गर्ने उद्देश्य लिइएको छ ।

मेलामा हस्तकला, कृषि, सूचना तथा प्रविधि लगायतका क्षेत्रका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । 

मेलामा विभिन्न होमस्टेहरुको समेत सहभागिता हुने भएकाले पर्यटकीय गन्तव्यहरुका बारेमा समेत जानकारी पाउन सकिनेछ । 

मेलाबाट १ करोड रुपैयाँ आम्दानी र खर्च हुने अनुमान आयोजकको छ । मेलाबाट बचत रकम उद्यमशीलता प्रवद्र्धन र व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि खर्च गरिने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप