शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले ११ वटा साँस्कृतिक सम्पदाको डिजाइन र परियोजना व्यवस्थापन गर्ने

बिहीबार, २६ मङ्सिर २०७६, १४ : ५७
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं । नेपालमा भूकम्पबाट प्रभावित ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ ।  भारतीय राजदूतावासले इन्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो । सो सम्बन्धि सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख डा. अजयकुमार तथा इन्टाचका सदस्य सचिव डा.सीटी मिश्राले हस्ताक्षर गरे । उक्त कार्यक्रममा भारतीय राजदूत मञ्जिभसिंह पुरीले काठमाडौं, ललितपुर भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको बताए ।

साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिकाअनुसार नेपाल साँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेरउक्त संस्थाले काम गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप