शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विधानअनुसार नेतृत्व ल्याउनुपर्ने माग गर्दै काठमाडौं नेविसंघले दियो दबाब

बिहीबार, २६ मङ्सिर २०७६, १४ : २९
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं । नेविसंघ काठमाडौंले संगठनमा विधानअनुसार नेतृत्व ल्याउनुपर्ने माग राख्दै नेतृत्वमाथि दबाब दिएको छ । संघका जिल्ला सभापति मनोज बैद्यको नेतृत्वमा  विधानअनुसार नेतृत्व ल्याउनुपर्ने माग गर्दै काँग्रेस पार्टी कार्यालयमा आज मौन जुलुस प्रदर्शन गर्दै दबाबदिइएको हो । 

प्रदर्शनमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीको टोलीले नेविसंघ को विधान मिचिए आमरण अनशन लेखिएको कार्ड देखाएका थिए ।पार्टी कार्यालयमा दबाब दिन उपस्थित सो समूहले पार्टी सभापति शेरबहादुर देउवा कार्यालय छिर्दा ताली बजाएर स्वागत गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप