पार्टीबारे जथाभावी बोल्ने नेतालाई समाजवादी पार्टीले कारवाही गर्ने

काठमाडौं । समाजवादी पार्टीले पार्टी हितविपरित जथाभावी बोल्ने आफ्ना नेता तथा कार्यकर्तालाई कारवाही गर्ने भएको छ ।
आज बस्ने केन्द्रीय पदाधिकारीको बैठकमा त्यस विषयमा छलफल गरि निर्णय लिइने प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
बैठकले पार्टी एकतामा आँच पुग्ने हिसाबले गलत सन्देश जाने गरी पार्टीको जिम्मेवार पदमा बसेर भित्र वा बाहिर कोही बाेलेमा उसलाई अनुशासनको कारवाही गर्ने विषयमा निर्णय गर्ने उनले बताए ।
विगत केही दिनयता केही मिडियामा नेताको उद्धरण सहित पार्टी एकतामा असर पुग्ने गरी समाचार आएका छन् । त्यस विषयमा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच गम्भीर छलफल भएको उनले बताए ।
कतिपय नेतालाई अध्यक्ष यादवले फोन गरेर सचेत पनि गराइसकेका छन् ।
दुई अध्यक्षबीच आगामी दिनमा पार्टी एकतामा आँच आउने कार्य पार्टी भित्रकै जिम्मेवार नेताबाटै हुन्छ भने त्यसलाई गम्भीर रुपमा लिएर आवश्यक अनुशासनको कार्बाही प्रक्रिया अगाडि बढाउने सहमति भएको उपप्रमुख पाण्डेले बताए ।
आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय पदाधिकारीको बैठक बालकुमारीमा बस्दैछ । बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियान, केन्द्रीय नेताहरुको कार्यविभाजनका बारेमा पनि छलफल हुनेछ । साथै, पछिल्लो राजनीतिक स्थितिको समीक्षा र आगामी कार्ययोजनाबारे समेत बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे