बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रजनीकान्तः कुनै बेला कुल्लीको काम गरेर परिवार पाल्थे, आज ‘साउथका भगवान’ भनिन्छन्

बिहीबार, २६ मङ्सिर २०७६, १० : ४६
बिहीबार, २६ मङ्सिर २०७६

साउथका भगवान भनिने रजनीकान्त आज आफ्नो ६९ औं जन्मदिन मनाइरहेका छन् । आफ्नो भिन्न शैली र स्टाइलका लागि परिचित रजनीकान्त आफ्ना प्रशंसकबीच ‘थलाइवा’ नामले पनि चर्चित छन् ।

बाल्यकालमा अत्यधिक गरिबी भोगेका रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड थियो । रजनीकान्त जब पाँच वर्षका थिए तब उनको आमाको निधन भएको थियो । आमाको निधनपछि परिवारको सबै जिम्मेवारी उनको काँधमा पर्यो । त्यसपछि उनले कहिले कुल्लीको काम गरे त कहिले कन्डक्टर बने । पछि जागिर खाएर पनि परिवारको जिम्मेवारी उठाए ।

रजनीकान्तले ‘अपूर्वा रागनगाल’ बाट तमिल फिल्म इन्डष्ट्रिमा प्रवेश गरेका थिए । उक्त फिल्ममा उनीसँगै कमल हासन र श्रीविद्या पनि थिए । कन्नड नाटकमार्फत् आफ्नो करियरको सुरुवात गर्ने राजनीकान्तले सायदै सोचेका थिए कि उनी यति धेरै लोकप्रिय हुनेछन् र जनताले उनलाई ‘साउथको भगवान’ र ‘थलाइवा’ जस्तो उपनाम दिनेछन् ।

थुप्रै नेगेटिभ भूमिका निभाएपछि अन्त्यमा रजनीकान्तले नायकको रुपमा काम गर्ने मौका पाए । उनले एसपी मुथुरमनको फिल्म ‘भुवन ओरु केल्विकुरी’ मा मुख्य भूमिका अर्थात् हिरोको भूमिका पाए र त्यसपछि मुथुरमन र रजनीकान्तको जोडी यस्तो जम्यो कि यी दुईले सँगै २५ वटा फिल्ममा काम गरे ।

आफ्नो दमदार अभिनयका साथै रजनीकान्त आफ्नो भिन्न स्टाइलका लागि पनि मानिसहरुबीच निकै रुचाइन्छन् । सिग्नेचर वकका साथै सिगरेट फ्लिप गर्ने उनको अन्दाज उनका प्रशंसकबीच निकै लोकप्रिय छ । विशेषगरी साउथमा उनको यो अचम्मको अन्दाजलाई निकै रुचाइन्छ । कतिजनाले त उनको यो शैली अनुसरण गर्ने कोसिस पनि गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप