मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको अस्पतालमा वकिलहरुको ‘तान्डव’

बिहीबार, २६ मङ्सिर २०७६, १० : ०१
बिहीबार, २६ मङ्सिर २०७६

पाकिस्तानको लाहौरमा डाक्टरहरुसँग बदला लिनका लागि हज्जारौं संख्यामा वकिल अस्पताल भित्र प्रवेश गरेर तोडफोड गरेका छन् । उक्त हमलामा गम्भीर रुपमा घाइते भएका केही बिरामीको मृत्यु भएको छ ।

पाकिस्तानको पत्रिका डनका अनुसार पंजाबका स्वास्थ्यमन्त्री यास्मीन राशिदले हताहतमा तीनजना घाइत भएको बताएका छन् । यो मामलामा ४० वकिललाई पक्राउ पनि गरिएको छ ।

Photo: Getty Image

मानवाधिकार मन्त्री शिरीन माजरीले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् ।

बुधबार लाहौरको पंजाब इन्स्टीच्युट अफ कार्डियोलोजीमा ठूलो संख्यामा वकिलले हमला गरेका हुन् ।

वकिलका अनुसार आफूहरुले दुई हप्ताअघि एक वकिलमाथि डाक्टरले गरेको हमलाको बदला लिन यस्तो गरेका हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप