बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

बिहीबार, २६ मङ्सिर २०७६, ०९ : ५७
बिहीबार, २६ मङ्सिर २०७६

दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । 

गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालीञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी छन् । घाइतहरुको काठमाडौँको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 
    
तीव्र गतिका कारण स्काभेटर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप