सिटीको जितमा जेससको ह्याट्रिक
गाब्रियल जेससले ह्याट्रिक गरेपछि युइएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले डाइनामो जाग्रेबमाथि सानदार जित निकालेको छ । बुधबार राति भएको समूह ‘सी’ को खेलमा सिटीले सिटीले डाइनामो जाग्रेबलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।
खेलमा सुरुवाती अग्रता डाइनामोले लिएको थियो । १०औं मिनेटमा डाइनामोका डानियल ओल्मोले गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाए । त्यसपछि सिटीले ३४औं मिनेटमा बराबरी गोल फर्कायो । सिटीका लागि जेससले बराबरी गोल गरे । उनले ५०औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । फिल फोडिनले ८४औं मिनेटमा गोल गर्दै सिटिलाई सजिलै जिताए । जितसँगै सिटी समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ । सिटीले ६ खेलबाट १४ अंक बनाएको छ ।
यस समूहबाट उपविजेता बन्दै एटलान्टाले नकआउट चरणमा स्थान बनायो । बुधबार राति भएको खेलमा एटलान्टाले साख्तर डोनेक्सलाई ३–० गोलले पराजित गर्यो । जितसँगै एटलान्टाले ६ खेलबाट सात अंक बनायो । ६ अंकबनाएको साख्तर र पाँच अंक बनाएको डाइनामो समूह चरणबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कपिलवस्तुको अधिवेशन २६ गते हुने
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा