विराट, रोहित र लोकेशले जिताए भारतलाई

वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भारतले जितेको जितेको छ । मुम्बईमा बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारतले वेस्ट इन्डिजलाई ६७ रनले हरायो ।
जितसँगै भारतले सिरिज २–१ ले जित्यो । भारतको जितमा कप्तान विराट कोहलीले विस्फोटक ब्याटिङ गरे । ओपनर रोहित शर्मा र लोकेश राहुलले पनि प्रदर्शन पनि बेजोड रह्यो । भारतले दिएको दुई सय ४१ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रनमा समेटिएको थियो ।
वेस्ट इन्डिजका लागि केइरन पोलार्डले ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । शिम्रन हिटमेयरले ४१ रन बनाए । बलिङमा भारतका दिपक चाहर, भुवनेश्वर कुमार, मोहमद शामी र कुलदीप यादबले दुई दुई विकेट लिए ।
यसअघि भारतले २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित ७० रन बनाए । उनले २१ बलमा ५० रन पुरा गरेका थिए । लोकेश राहुलले ९१ र रोहित शर्मा ७१ रन बनाए । वेस्ट इन्डिजका सिल्डन कर्टेल, केस्रिक वालिम्स र कप्तान काइरोन पोलार्डले एक एक विकेट लिए । यसअघि पहिलो खेल भारत ६ विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजले आठ विकेटले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म