केन्द्रीय संस्करण

मनोजमणिलाई नेविसङ्घको नेतृत्वमा ल्याउन पौडेल पक्षको दबाब

person explore access_timeमंसिर २५, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं । नेपाली कँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले तत्काल नेविसङ्घको नेतृत्व ल्याउन माग गरेका छन् । नेविसङ्घले बुधबार यहाँ आयोजना गरेको ‘विवेकपूर्ण व्यवहार–काँग्रेस एकताको आधार, प्राकृतिक न्यायको आधारमा नेविसङ्घको नेतृत्वमा हाम्रो अधिकार’ विषयक विचार गोष्ठीमा नेविसङ्घका नेताले नेविसङ्घलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका हुन् । 

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेविसङ्घका नेताले मनोजमणि आचार्यले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा नेविसङ्घको नेतृत्व नहुनु दुःखद भएको बताए । 

“अरू राजनीतिक दलका विद्यार्थी सङ्गठन क्याम्पसमा गएर सदस्यता वितरण गरिसके तर नेविसङ्घ नेतृत्व खोजेर बसिरहेको छ”, उनले भने । इतिहास बोकेको विद्यार्थी सङ्गठन कमजोर हुँदै गएको उनको भनाइ छ । 

नेविसङ्घका नेता दीपक भट्टराईले पार्टी नेतृत्वले काखा र पाखाको आधारमा क्षमतावान् व्यक्तिलाई किनारा लगाएर अयोग्य व्यक्तिलाई नेतृत्व दिन खोजेको आरोप लगाए । 

“नेविसङ्घको नेतृत्व षड्यन्त्रको कोखबाट होेइन सङ्घर्षको मैदानबाट जन्मन्छ”, उनले भने । 

नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठ, प्रतिमा गौतम, शिव रिमाललगायतले पार्टीको नर्सरीका रुपमा रहेको नेविसङ्घ लामो समयदेखि खाली हुनु दुर्भाग्य भएको बताएका छन् । ता आचार्यलाई नेविसंघको नेतृत्वमा ल्याउन वरिष्ठ नेता पौडेल लागि परेको छन् । विसं २०७५ माघमा नेविसङ्घका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि हालसम्म नेविसङ्घ नेतृत्वविहीन बन्दै आएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...