‘अवरोध हटेसँगै अब विकासले गतिलिन्छ’
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणमा देखिएका अवरोधलाई हटाउने बताएका छन् । पोखरा महानगरपालिका–२३ चापाकोटमा शुरु भएको चापाकोट देउराली सामुदायिक घरबास (होमस्टे) सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले विकासका बाधकलाई हटाएर गाउँगाउँसम्म विकास पु¥याउने बताए ।
सरकारले प्रदेशका पाँच लाख ७८ हजार घरमा विद्युतीकरण गर्ने काम थालेको बताउँदै उनले नेपालमा धेरै विद्युत् उत्पादन गर्ने गण्डकी प्रदेश भएको भन्दै सबै घरमा बिजुली पु¥याउन सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेर काम थालिसकेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीव पहारीले फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्ने बताउँदै महानगरपालिकाले फेवाताल बताउन चेकड्याम निमार्णको काम थालेको बताए । पोखराको पर्यटन फेवातालसँग जोडिएकाले फेवातालको संरक्षण र संवद्र्धनमा सबै सरोकारवाला निकायले चासो दिनुपर्नेमा उनको जोड थियो ।
पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले महानगरकै वडा भए पनि त्यस क्षेत्रमा पक्की सडक र पुलको अभावमा स्थानीय जनतालाई अप्ठेरो परेको गुनासो सुनाए ।
महोत्सव उद्घाटन कार्यक्रममा चापाकोट गाविसका पूर्वअध्यक्ष भेषराज पराजुली, शिवलाल पराजुली, भिटोफका पूर्वअध्यक्ष तारानाथ पहारी, लोकदोहोरी गायक प्रजापति पराजुली लगायतले महोत्सवले ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक दलका नेताको विचाराधीन मुद्दा फिर्ता लिने कानुनी व्यवस्थामा सरकार पछि हटेपछि माओवादीको आपत्ति
-
निलम्बित इन्स्पेक्टर बिनु शाही अदालतमा उपस्थित
-
नेपाल रोड रेसिङ च्याम्पियनसिपमा श्रीहरि विजयी
-
भैरहवाका मुख्य चोकमा ‘फ्री वाईफाई जोन’
-
बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा
-
गरिमा समृद्धि योजना आजदेखि बिक्री खुला