ॐ अस्पतालमा मनोरोगको आकस्मिक अवस्था बारे बिशेष कार्यशाला
काठमाडौं– ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा मनोरोगको आकस्मिक अवस्था बारे बिशेष कार्यशाला सम्पन्न भएको छ ।
काठमाडौं उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत जनरल प्राक्टिसनरहरुलाई लक्षित गरि संचालन गरिएको सो कार्यशालामा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट साइकाइट्रिस प्रा.डा. पुष्प प्रसाद शर्माले संचालन गरेका थिए भने उनीलाई मोडरेटरको रुपमा कन्सल्ट्यान्ट साइकाइट्रिस डा. रमन कोइरालाले सघाएका थिए ।
कार्यशालाको मूल उद्देश्य बिभिन्न अस्पतालको आकस्मिक बिभागमा कार्यरत चिकित्सकहरुले मनोरोगको आकस्मिक अवस्थामा दिनुपर्ने उपचारका बिधिहरुको बारेमा बिस्तृत रुपमा छलफल गरिएको थियो ।
मनोरोगको आकस्मिक अवस्थाबारे यस किसिमको कार्यशालामा पहिलो पटक सहभागि हुँनपाँउदा आफूहरुलाई खुशी लागेको सहभागिहरुले बताएका छन् । साथै यस कार्रयशालाले आपूहरुलाई बिभिन्न किसिमका सन्देश प्राप्त भएको र सो सन्देशहरुलाई आजैका दिन देखी कार्यान्वयनमा ल्याउने समेत बताएका छन् ।
प्रा.डा. शर्माका अनुसार कार्यशाला आफुले आयोजना गर्नुको उद्देश्य लामो समय बिभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत रहँदा त्याहाँ कार्यरत इमर्जेन्सिका चिकित्सक साथिहरु अन्य किसिमका बिरामीहरुमा भन्दा मानसिक स्वास्थ्य सम्वन्धि रोगको उपचार गर्दा उहाँहरुले कठिनाई महसुस गरेको पाएपछि आफूले उहाँहरुकालागि यस बिषयमा दक्षता अभिबृद्धि जरुरी रहेको हुनाले कार्यशाला आयोजना गरिएको बताए।
कार्यशललामा काठमाडौं उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत दुइदर्जन भन्दा बढी जनरल प्राक्टिसनरहरु सहभागि भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो