डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प
![डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प](https://rpcdn.ratopati.com/media/albums/suzuki_IyzBCoT2CC.jpg)
काठमाडौं – सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्राण्डका कारधनीहरुका लागि आकर्षक अफरहरुसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु भएको छ ।
सर्भिस क्याम्प अवधिमा ‘एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वाश’ निःशुल्क गरिनेछ भने ‘थ्रीडी ह्वील अलान्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइनेछ । साथै, स्पेयर पार्टस्, इन्जिन आयल र एसेसोरिजमा १० प्रतिशत छुट दिइनेछ । निःशुल्क सर्भिस क्याम्प आउँदो मंसिर ३० गतेसम्म जारी रहनेछ ।
डल्लू कंकेश्वरी मन्दिर नजिक रहेको सुजुकी सर्भिस सेन्टर नेपालकै ठूलो सुविधासम्पन्न सर्भिस सेन्टर हो । यहाँ अत्याधुनिक उपकरण र डायग्नोस्टिक सिस्टमसमेत रहेको छ । २३ हजार तीन सय ८१ स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा हरेक महिना दुई हजारभन्दा बढी कार सर्भिसिङ गर्ने क्षमता क्षमता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपाले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने
-
अब हेटौँडा पनि बालमैत्री नगर
-
शंखरापुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० जनाको उपचार हुँदै
-
म्याग्दे गाउँपालिकामा हल गोरु पाल्ने कृषकलाई अनुदान
-
विभिन्न स्थानमा आगलागीमा तीन जनाको मृत्यु
-
छोरालाई काँधमा बोकेर ह्वाइट हाउस पुगेका मस्कले ट्रम्पसामु के भने ?