पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौँदामा मन्त्री यादव असन्तुष्ट
काठमाडौं । उपप्रधानमन्त्री तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्याँैदामाथि असन्तुष्टि जनाएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री यादवले कार्ययोजनाको मस्यौदामाथि केही असन्तुष्टि व्यक्त गरेका हुन् ।
अन्तर्राष्ट्रिय मूल्य मान्यताहरुलाई मध्यनजगर गर्दै मानवअधिकार विषयहरु कार्ययोजनामा समेट्नुपर्ने बताए । छलफलमा मन्त्री यादवले जनता र राजनीतिक अधिकारको अवस्था हाम्रो के छ ? अन्तर्राष्ट्रिय मान्यताहरु र नेपालले गरेका सम्झौताहरु के छन् ? अब सुधार गर्नुपर्ने कुराहरु के छन् ? भन्ने कुराहरु मध्यनजर गर्दै गर्नुपर्ने बाँकी काम र सुधार कहाँ गर्ने भन्ने कुराहरु कार्य योजनामा समेटिनुपर्ने उनले बताए । सामाजिक र सांस्कृतिक अधिकारका लागि गर्नुपर्ने के हो ? के गर्न चाहेका हौँ त्यो कुरा प्रष्ट कुरा पनि स्पष्ट नभएको उनले बताए ।
आर्थिक अधिकारका सवालमा पनि आर्थिक अधिकार सामाजिक न्यासँग पनि जोडिने भएकाले यसअलाई अधिकारकै रुपमा राख्दा के हुन्छ ? अन्तर्राष्ट्रिय अभ्यासहरु के छन् भन्ने कुरामा पनि प्रष्ट हुनुपर्ने उनको भनाई थियो । छलफलमा सांसद बालकृष्ण खाँडले कानुनमन्त्रीले नै सुधार गर्नुपर्ने कुराहरु उठाएपछि केही परिवर्तन गर्नुपर्छ भन्ने देखिएको बताए । मस्यौँदा तयार पार्नेहरुका लागि उपयुक्त हुने हिसावले सल्लाह दिन मानवअधिकारसँग सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई छलफलमा बोलाउनुपर्ने उनको धारणा थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा.तिर्थराज ढकालले प्रधानमन्त्रीको निर्देशन अनुसार कार्ययोजना तयार पार्दा तीनवटै तहबाट सल्लाह लिइएको बताए । पहिलेको कार्ययोजना जस्तो कार्यान्वयनमा समस्या आउने प्रकृतिको नहोस भनेर तीनवटै तहका सरकारले स्वामित्व लिने गरि अन्तरक्रिया समेत गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन