बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोगादिसुमा होटेलमा आक्रमण, पाँचको मृत्यु

बुधबार, २५ मङ्सिर २०७६, १६ : ५४
बुधबार, २५ मङ्सिर २०७६

मोगादिसु । सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ ।  तीन सर्वसाधारणसहित पाँच व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ  । लामो समयसम्म होटेलमा गरिएको  कब्जापछि पाँँच आक्रमणकारी पनि मारिएका सो स्रोतले थप जानकारी दिएको छ । 

मङ्गलबार साँझको समयमा भएको यस आक्रमणको इस्लामिक समूह ‘अल शबाब’ले जिम्मा लिएको छ । राजधानी मोगादिसुमा अवस्थित सो होटल राजनीतिज्ञ, उच्चस्तरीय सैनिक अधिकारी र कुटनीतिज्ञहरु भेला हुने प्रख्यात स्थलको रुपमा रहेको बताइन्छ  । 

‘हाम्रा बहादुर सुरक्षा अधिकारीहरुले ‘एसवाइएल’ होटलमा भएको यस आतङ्ककारी आक्रमणलाई अन्त्य गरे, यस अवस्थामा सरकारी अधिकारी र पाहुनालगयात ८० भन्दा बढी व्यक्ति होटेलमा रहनु भएको थियो ’ प्रहरीद्वारा जारी एक विज्ञप्तिमा बताइएको  छ । 

यस आक्रमणमा परी तीन सर्वसाधारण र दुई सुरक्षा अधिकारी मारिएको पुष्टि भएको छ । त्यसगरी नौ सर्वसाधारण र दुई सैनिक सामान्य घाइते भएका छन् ।  आक्रमणकारीहरूले प्रहरीको पोशाक लगाएर होटेलमा आएकाले उनीहरुलाई कुनै अनुसन्धान बिना नै होटेलमा प्रवेश गर्न दिइएको प्रत्यक्षदर्शीले एएफपी समाचार समितिलाई बताएको छ । 

आक्रमणकारीहरुले बन्दुक र ग्रेनेडलगायतका हतियारले आक्रमण गरेका थिए । यसअघि यसै होटल र नजिकैको स्थानमा भएका तीन भीषण आतङ्ककारी आक्रमणको पनि अल शबाव समूहले नै  जिम्मा लिएको थियो । 

टर्कीका राष्ट्रपति रेसेप तयिप एर्डोगानको भ्रमणको पूर्वसन्ध्यामा जनवरी २०१५ मा यसै होटलमा भएको एउटा आत्मघाती कारबम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको थियो ।

फेबु्रअरी २०१६ मा एसवाइएल होटलनजिकै पीस गार्डेनको छिमेकमा पर्ने स्गामामा भएको दुईवटा विस्फोटमा परी १६ व्यक्तिको ज्यान गएको थियो ।  सन् २०१६ को नै अगस्टमा यसै होटेलमा भएको आत्मघाती कारबम आक्रमणमा परी १५ व्यक्तिको ज्यान गएको थियो । –एएफपी/Photo: Feisal Omar/Reuters/aljazeera

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप