पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा सुबिसु ईन्टरनेट पार्टनर
काठमाडौं– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेटले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागिता जनाएको छ ।
सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्वीन्स् इभेन्ट नेपालका प्रबन्ध निर्देशक छुम्बि लामा एवं नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस बर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो ।
प्रत्यक खेलमा उत्कृष्ट क्याचर “क्लियर टिभी क्लियर क्याच” तथा “फास्टेस्ट फिफटी” लाई उपहार स्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निशुल्क प्रदान गरिने छ ।
सुबिसु केबलनेटले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पी.एल.एस भी.पी.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पी ट्रान्जिट, एम.भी.पी, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ