नेपाली बैंक ह्याक गर्ने गिरोह समातियो, १७ वटा बैंकमार्फत साढे १४ करोड कारोबार गरेको खुलासा

काठमाडौँ । विभिन्न प्रलोभनमा पारेर ठगी गर्नुका साथै नेपाली बैंक तथा वित्तीय संस्थाहरु समेत ह्याक गरेर रकम चोर्ने कार्यमा संलग्न गिरोहका तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् । उनीहरुलाई राजधानीबाहिरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार नाइजेरियन तथा भारतीय नागरिक पीटर हर्मन असेन्जा र स्मिथ मोरिसले नयाँ दिल्ली, मुम्बई पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएका थिए ।
सो समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेको र त्यसरी ह्याक गरेको तथा ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए ।
ह्याक र ठगी गरेको रकम नेपालका एजेण्डलाई १५ देखि २० प्रतिशत दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको देखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाले जानकारी दियो ।
४० नेपाली एजेण्टहरुले सो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोजेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सोही समूहमा रहेका ३४ नेपाली अनलाइन फर्डमा पनि संलग्न भएको पाइनुका साथै १५ जना पीडितहरु पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।
एजेन्टहरुले ठगी गरेको रकम कारोबार गर्न प्रयोग भएका बैंकहरु समेत ह्याक भएको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको महाशाखाका सूचना अधिकारी सुशील सिंह राठौरले जानकारी दिए ।
प्रहरीका अनुसार यो ठगी र ह्याकका नाइके पीटर हर्मन असेन्जा र स्मिथ मोरिससहित अरु १० जना भारतीय पनि रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने
-
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
-
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
-
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा
-
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी
-
राजनीतिक र नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा विज्ञहरुको जोड