शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिएः लेखराज भट्ट

बुधबार, २५ मङ्सिर २०७६, १३ : २७
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन् । 

बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् । 

उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगीको क्रम बढेको उनले बताए । 

‘कुनै पनि वस्तु खरिद गर्दा म ठगिन सक्छु । मेरो स्वास्थ्यमा प्रतिकुल असर पर्छ कि पर्दैन भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ’, उनले भने । उनले उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै मन्त्री भट्टले यसका लागि सचेतना अभियान गाउँ गाउँसम्म पुग्न जरुरी रहेको बताए । 

बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने भन्दै उनले अहिलेपनि मध्यमवर्गीय जनतामा वस्तुको मूल्य, उत्पादन र म्याद सकिने मिति सोध्न नसक्ने कमजोरी विद्यमान रहेको बताए । 

ठगी गर्ने विरुद्ध पटक पटक हुने दण्ड जरिवानाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगी गर्ने क्रम नरोकिएको उनले बताए । उपभोक्ताको हक संरक्षणका लागि पहिले आफूबाट परिवर्तन हुन सकेमात्रै अरुलाई परिवर्तन गर्न सकिने उनले बताए । 

अन्तरक्रियामा अन्य सहभागीहरुले यस्ता अभियानलाई वडा तहसम्म लैजानुपर्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप