शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छैठौँ अन्तर्राष्ट्रिय माउन्टेन दिवस मनाइयो

बुधबार, २५ मङ्सिर २०७६, १२ : ३८
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौँ । पर्वतीय पर्यटनको जानकारी गराउने उद्देश्य सहित नेपालमा  ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको छ । 

नेपाल पर्वत आरोहण संघको आयोजनामा बुधबार काठमाडौंको वसन्तपुरदेखि ठमेल, केसरमहल हुँदै जयनेपाल स्थित संघको कार्यालयसम्म ¥याली निकाली ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको हो ।

 संघका अध्यक्ष शन्तवीर लामाले नेपाल हिमाल, पहाड र तराईको देश भएकाले पर्वतीय पर्यटनको सम्भावना र त्यस सम्बन्धी जानकारी गराउन पनि विश्व पर्वत दिवसको अवसरमा प्रभातफेरी निकालिएको बताए ।  उनले हिमालदेखि तराईसम्म एक हौं र हाम्रो संस्कृति हाम्रो हिमाल भन्ने चिनाउनका लागि पनि ¥याली महत्वपूर्ण हुने बताए । 

नेपालमा कुल भू–भागको ४३ प्रतिशत पर्वतिय क्षेत्र छ र त्यस मध्ये १५ प्रतिशत भू–भाग हिमाली क्षेत्र छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप