मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको चन्द्रपुरमा दुईवटा शव बरामद

बुधबार, २५ मङ्सिर २०७६, १२ : ०८
बुधबार, २५ मङ्सिर २०७६

रौतहट । रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रपुरमा दुुईवटा शव बरामद भएको छ ।

चन्द्रपुरस्थित बजारमा एकजना र मुनलाइट स्कुलको अगाडी एकजना गरी दुुई जनाको शव बरामद भएको प्रहरीले जनाएको हो ।

बजारक्षेत्रमा फेलापरेको शव कुनै सवारी साधनको ठक्करबाट मृत्युु भएको व्यक्तिको हुनसक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अन्दाजी ३०–३५ वर्षको देखिने शवको पहिचान भन्ने खुल्न सकेको छैन ।

त्यसैगरी मुनलाइट स्कुल अगाडीको शव मगन्तेको रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपी कबित कटवालले जनाएका छन् । 

शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुरमा पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप