परिवारले सलमानलाई दिए बिग बोस १३ छोड्ने अल्टिमेटम !
‘बिग बोस १३’ सिजन आजकाल निकै चर्चामा छ । कार्यक्रमले निकै राम्रो टिआरपी पाएको छ जसका कारण निर्माताले यसलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छन् । यो शो अब फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता सलमान खानलाई अब उनको स्वास्थ्यले साथ नदिइरहेको भारतीय संचार माध्यमले बताएको छ ।
सलमान आफैंले पनि शोलाई छोड्ने बताइसकेका छन् । र उनलाई थुप्रै पटक अत्यधिक रिसाइरहेको पनि देख्न सकिन्छ । यस्तोमा हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमानको परिवारले पनि स्वास्थ्यको समस्याका कारण सलमानलाई शो छोड्न भनेका छन् ।
ट्राइजेमिनल न्यूरलजियाबाट पीडित छन् सलमानः
स्रोतलाई उद्धृत गर्दै डेकन क्रोनिकलमा छापिएको रिपोर्टले सलमान ट्राइजेमिनल न्यूरलजियाबाट ग्रसित भएको र उक्त रोगका कारण उनी रिसाउन नहुने दाबी गरेको छ ।
यो रोग लागेकाहरुलाई अनुहारको मांसपेशी खुम्चाएपछि अत्यधिक पीडा हुन्छ । यस्तोमा कार्यक्रमका प्रतियोगीको व्यवहारमा जब सलमानलाई रिस उठ्छ तब त्यो उनीहरुको स्वास्थ्यको हिसाबले ठिक नभएको बताइएको छ । सलमानले पछिल्ला केही सिजनदेखि शो छोड्नेबारे कुरा गरिरहेका छन् तर हरेक पटक च्यानल र प्रोडक्सन हाउसले उनलाई मनाएर छोड्छन् तर यसपटक सलमान शो छोड्ने कुरामा अडिग भएको जस्तो देखिन्छन् । उनका आफन्तले पनि अहिले निर्मातालाई सुटिङको क्रममा सलमानलाई धेरै तनाव नदिन सल्लाह दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू
-
ट्यारिफ मामिलामा ट्रम्पलाई घेर्दैछन् अर्बपतिहरू, निर्वाचनमा समर्थन गरेकाहरूले गर्न थाले विरोध
-
कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड
-
बार निर्वाचन : एमाले-कांग्रेसनिकट गठबन्धनका मिश्रले बढाए मतान्तर, श्रेष्ठ गृह जिल्लामै कमजोर